Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

नयाँ लोकदोहोरी कलाकार जन्माउन लोकदोहोरी प्रतिष्ठानले सुरु गर्यो ६ महिने प्रशिक्षण

नयाँ लोकदोहोरी कलाकार जन्माउन लोकदोहोरी प्रतिष्ठानले सुरु गर्यो ६ महिने प्रशिक्षण

कमल सरगम :काठमान्डौ -नेपाली लोक दोहोरीको बिकास र यसको उत्थानको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सुरु गरेको ६ महिने गायन कक्षा आजबाट औपचारिक रुपमा सुरु भएको छ।प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजिको सभापतित्वमा भएको उक्त कार्यक्रममा लोकप्रिय कलाकार तथा उक्त ६ महिने कक्षाका गुरु सुदेशराज शर्माले कार्यक्रमलाइ सम्पन्न गर्ने जिम्मा लिनु भएको छ।शर्मा हामी नदिका दुई किनारा,अच्छा लेकिन लण्डनको चिसोले समाउला जस्ता चर्चित गीतहरुका गायक हुन। ६ हजार शुल्क लिने भनिएको गायन कक्षा ३ हजारमा झारिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लोकप्रिय कलाकार दुर्गा रायमाझीले सस्थाले सुरु देखिने गर्नु पर्ने काम रमेश बिजिले गरेर देखाएकोमा प्रशंशा गर्नु भयो।सस्थाको हितमा रमेश बिजीको पहिलो कदम नै उदाहरणीय रहेको र सस्थालाई अझ उचाइमा लान ठुलो भूमिका रहेको समेत उनको भनाइमा थियो।

दोहोरीको बिकासको लागि एउटा अर्को ठुलो कदम चालेको भन्दै गायन कक्षाका गुरु सुदेशराज शर्माले प्रतिष्ठानको यो कार्यलाई मुक्तकण्ठलेप्रशंसा गरे।आज भन्दा अगाडी नै सस्थाले यस्तो योजना ल्याउन पर्ने तर अझै ढिलो न भएको समेत उनको भनाइ थियो। एता सस्थाका सल्लाहकार पृथ्वी थकालीले सम्पुर्ण वाध्य वादनका सामाग्री उपलब्ध गराएर सहयोग गर्नु भएको छ।सस्थाले गर्ने हरेक काम मा थकालीको सहयोग हुने गर्दछ यो काममा पनि पृथ्वी थकालीको उल्लेखनीय सहयोग रहेको सस्थाका अध्यक्ष रमेश बिजिले लालीगुराँस डटकम लाइ जानकारी दिनु भयो।प्रतिष्ठानले पर्ने प्रागिक काम अध्यक्षले गर्न शुरु गर्नु भो।कार्यक्रम मा पुर्व अध्यक्ष चन्द्र शर्मा को पनि उपस्थिति रहेको थियो