Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

अमृत सापकोटा र उनकी श्रीमती पहिलोपटक फाल्गुन १६मा टुडिखेलमा देखिदै,बुढा बुढीको दोहोरी निशुल्क हेर्न सकिने

अमृत सापकोटा र उनकी श्रीमती पहिलोपटक फाल्गुन १६मा टुडिखेलमा देखिदै,बुढा बुढीको दोहोरी निशुल्क हेर्न सकिने

‘प्रथम राष्ट्रीय काँठे लोकदोहोरी महोत्सव २०७६’ का लागि चर्चित गायक अमृत सापकोटा र उनकी श्रीमती सुनिता सापकोटा बागदास पनि टुडिखेलमा देखिने भएका छन।उनीहरु आफ्नो प्रस्तुति सहित टुडिखेलमा देखिने भएका हुन।यही फाल्गुन १६ देखि २० गते सम्म हुने उक्त काठ्या महोत्सवमा अमृतको जोडी नै उक्त स्थानमा पहिलोपटक देखिने आयोजक टिमले जानकारी दिएको छ।उक्त कार्यक्रममा हजारौ कलाकार सहभागी हुने छन भने सयौ कलाकारहरुले स्टेजमै गीत गाउने समेत जानकारी आएको छ।

देशभर रहेका चर्चित कलाकारहरुलाई पहिलो पटक दोहोरी क्षेत्रबाट नया कदम चाल्न लागेको कार्यक्रमका आयोजक प्रभावन जेले जानकारी दिएका छन भने कार्यक्रम संयोजकले पनि उक्त कार्यक्रम लाइ अझ उचाईमा पुर्याउन बिभिन्न भूमिका खेलिरहेको बताएका छन।हामी संग कुराकानी गर्दै संयोजक नवराज ढुंगानाले भने 'कलाकारहरु सबैजसो तयारीमा छन केहि कलाकार समक्ष कुराकानी गर्न बाँकी छ प्राय सबै कलाकार फिक्स भैसकेका छन,फेरी हामीले टिकेट समेत निशुल्क राखेका छौ त्यसैले पनि दर्शकको सर्बाधिक माया पाउने देखेका छौ।"

एता आयोजकले निर्णायकहरुको नाम सार्वजनिक गरेका छन्।डी. आर. मुविज एण्ड फिल्म्सको आयोजनामा यही फागुन १६ देखि २० गतेसम्म टुँडिखेलमा आयोजना हुन लागेको सो काँठे गीत महोत्सवका मुख्य र अतिथि गरी १२ जना निर्णायकहरुको नाम सार्वजनिक गरिएको छ।जस अनुसार महोत्सवमा नवराज घोरासैनीको संयोजनमा अम्बर विरही गुरुङ, घमेश दुलाल र सीता थापा गरी ४ जनाको मुख्य निर्णायक समिति रहने छ भने शिवनारायण जोशी, इन्दिरा गुरुङ, रेशम थापा, गीतादेवी, उद्धव कार्की, पार्वती कार्की, राम थापा ‘शिशिर’ र उमा श्रेष्ठले अतिथि निर्णायकको भूमिका निर्वाह गर्ने छन्।

महोत्सवमा पहिलो, दोस्रो र तेस्रो विजेता समूहलाई क्रमश: नगद रु. ३ लाख, २ लाख र १ लाख सहित अन्य जिन्सी पुरस्कारहरुद्वारा पुरस्कृत गरिने छ भने शान्त्वना पुरस्कार विजेतालाई नगद रु. ५० हजार सहित अन्य पुरस्कार पनि प्रदान गरिने छ।यसैगरी महोत्सव अवधिभरबाट १ – १ जना उत्कृष्ठ गायक – गायिकाको छनोट गरी जनही रु. १० – १० हजारबाट पुरस्कृत गरिने छ।महोत्सवमा सहभागी हुन ईच्छुक कलाकारहरुले यही फागुन ११ गतेसम्ममा आफ्नो टिम दर्ता गरिसक्नुपर्ने कुरा आयोजकले जानकारी गराएका छन्।