Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

आखिर किन जादैछिन त साम्राज्ञी बेलायत ?

आखिर किन जादैछिन त साम्राज्ञी बेलायत ?

काठमाडौं ,

नेपालि सिनेमाकि चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी प्राय विदेश गैरहेको हामीले देखिरहेका हुन्छौ । उनि अब बेलायत उड्ने भएकी छिन् । फिल्म ‘मारुनी’को बेलायतको लन्डनमा आयोजना हुने बिषेश शोका लागि उनी त्यसतर्फ जान लागेकी हुन् ।अष्ट्रेलिया, जापान लगायत केही देशमा प्रदर्शन पछि फिल्म ‘मारुनी’ २३ फेब्रुअरीमा लन्डनको अल्डरसटस्थित एम्पायर हलमा बिषेश शो हुन लागेको हो । बेलायतमा फिल्मको प्रदर्शन फिक्स भएको निर्माता पुनम गौतमले जानकारी दिइन् । फिल्मको शोका लागि अभिनेत्री साम्राज्ञीका साथ आफु पनि फेब्रअरी २१ मा लण्डन उड्ने पुनमले बताइन् ।

एनआरएन यूकेको आयोजनामा फिल्मको विषेश शो हुन लागेको हो । शोमा फिल्म हेर्नका लागि १० बर्ष तलका बालबालिका र ६० बर्ष माथिका मानिसलाई निःशुल्क व्यवस्था गरिएको समेत एनआरएन यूकेका उपाध्यक्ष सुनिल खड्काले जानकारी दिए।  नवल नेपालको निर्देशन रहेको फिल्मले स्वदेशमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । फिल्ममा साम्राज्ञीको अलवा रेविका गुरुङ, पुष्पल खड्का लगायतको मुख्य भूमिका रहेको छ ।