Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

गायक प्रकाश कटुवाल पक्राउ

गायक प्रकाश कटुवाल पक्राउ

काठमाडौं , ५ फागुन । लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । बन्दीपुर डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा गायक कटुवाल पक्राउ परेका हुन् ।

गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दाा दर्ता गरिएको छ। गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

जाहेरीसँगै गायक कटुवाललाई प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

शनिबार होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सामान्य विवाद भएको थियो । पछि साँझ घरमा खाना खाइरहेको अवस्थामा व्यवसायी गुरुङलाई मास्क लगाएर मोटरसाइकलमा आएका दुई व्यक्तिले एक्कासी रडले आक्रमण गरेर गम्भीर घाइते बनाएका छन् ।

होटल सञ्चालक गुरुङको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ।