टिकटक जस्तो बहुचर्चित सोसल मिडियामा निकै नै रुचाइएको तामाङ गीत ‘फ्याङ्ला माया’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएसँगै यसलाई दर्शकले रुचाएका छन् । चर्चित गायक अजय लामा र चर्चित गायिका जितु लोप्चनको सुमधुर आवाजमा सजिएको गीतमा युवापुस्तामाझ चर्चित नायक सागर घिसिङ र मोडल ममता मोक्तानले अभिनय गरेका छन् ।
युगल जोडीबिचको प्रेमिल प्रेमालाप र स–साना रिस तथा फकाईका शब्दहरु समावेश गीतलाई चर्चित गायक तथा संगीतकार विशाल काल्तानले लेखेका हुन् । गीतलाई काल्तानले नै संगीत भरेका छन् । गीतको म्युजिक भिडियोमा सागर र ममताको रोमाञ्चक अभिनय हेर्न सकिन्छ । केमेष्ट्री मिलेका यी जोडीलाई चर्चित निर्देशक अजय स्याङ्तानले फ्रेममा उतारेका छन् । बिक्रम मोक्तानको छायाँकनमा तयार भएको भिडियोलाई रमेश लामा र जेबिना लामाले निर्माण गरेका हुन् ।
चान्द सिंहको एरेञ्ज तथा गोविन्द सोनीको मिक्सिङमा तयार भएको गीतको भिडियो द अजय स्याङ्तान फिल्म्सको पोष्ट प्रोडक्सनमा तयार भएको हो । गीतलाई जेनरिक स्टुडियोमा रेकर्ड गरिएको हो । हेरौँ भिडियो
[embed]https://youtu.be/8Ij60l_2ddM[/embed]