Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

ओखलढुंगामा लोक तथा दोहोरी प्रतिष्ठानको अधिवेशन सम्पन्न

ओखलढुंगामा लोक तथा दोहोरी प्रतिष्ठानको अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालको ओखलढुंगा जिल्ला कार्यसमितिले सातौँ साधारण सभा एवम् चौथो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । गत २४ गते ओखलढुंगा सदरमुकामको जिल्ला विकास समिति हलमा कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रतिष्ठानका तत्कालिन केन्द्रिय सदस्य नविन पौडेलको अगुवाइमा २०६८ सालमा ओखलढुंगाको कार्यसमिति तयार भएको थियो । त्यो बेला अध्यक्षमा विष्णु प्रसाद घिमिरे चुनिएका थिए । अहिले पनि विष्णु नै कार्यसमिति अध्यक्षका रुपमा काम गरिरहेका छन् ।

चौथो अधिवेशनमा प्रमुख अतिथीका रुपमा यज्ञराज सुनुवार उपस्थित थिए । कार्यक्रममा सिद्दिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठ, विभिन्न गाउँपालिकाका अध्यक्ष एवम् प्रतिनिधिहरु साथै ओखलढुंगाका थुप्रै कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सोही साधरण सभाबाट सपना सुनामको नेतृत्वमा नयाँ कार्यसमिति तयार भएको छ ।