Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

चलचित्रबाट दर्शकलाई रूहाउने कलाकार सुभद्रा अधिकारीले सबैलाई रूहाएर गईन,आर्यघाटमा कलाकारको रुवाबासी

चलचित्रबाट दर्शकलाई रूहाउने कलाकार सुभद्रा अधिकारीले सबैलाई रूहाएर गईन,आर्यघाटमा कलाकारको रुवाबासी

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको हृदयघातका कारण निधन भएको छ । शनिबार, डल्लुस्थित आफ्नै निवासमा ७२ वर्षीय सुभद्राको निधन भएको हो । उनी लामो समयदेखि दमको बेथाले थलिएकी थिइन् ।

शुभद्रा अधिकारीको पार्थिव शररीलाई शनिबारै अन्त्यष्टि गरिएको छ । पशुपति आर्यघाटमा स्व.शुभद्रा अधिकारीलाई श्रद्धाञ्जली दिन फिल्मकर्मीहरु सहभागी भएका थिए । उनको पार्थिव शरीरमा नेपाल चलचित्र कलाकार संघको झण्डा आढाइएको थियो । फिल्म ‘मनको बाँध’बाट काँचको पर्दामा अभिनय यात्रा थालनी गरेकी शुभद्राले दर्जनौं फिल्महरुमा जीवन्त अभिनय गरेकी छिन् । उनले बाल उमेरबाट नाटक मार्फत अभिनय यात्रा सुरु गरेकी हुन् ।