Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

गीतकार तथा चर्चित ब्युटीसियन सुष्मा महराको गीत चर्चाको शिखरमा

गीतकार तथा चर्चित ब्युटीसियन सुष्मा महराको गीत चर्चाको शिखरमा

काठमाडौं । विगत दुई दशकदेखि सौन्दर्य क्षेत्रमा सक्रिय रहदै आएकी सौन्दर्य ब्यवसायी सुष्मा महरा गीतकार तथा कलाकारको भूमिकामा देखा परेकी छन्।

केही दिन अघि मात्रै फेसियल हाउसले सार्वजनिक गरेको तीज आयो बोलको गीतको म्यूजिक भिडियो सुष्माको शब्द,निरज श्रेष्ठको एरेन्ज, मिना निरौलाको संगीत र स्वरमा तयार भएको हो ।

उक्त तीज गीतमा सुष्माले अभिनेत्री निता ढुङ्गानासँगै कम्मर पनि मर्काएकी छन् । उक्त गीतले अपलोड भएको छोटो समयमा नै दर्शकहरुको राम्रो साथ पाएको छ ।