Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

लोकप्रिय सर्जक एकनारायण भण्डारीको शब्द संगीतमा बिष्णु माझीको आवाजमा नया गीत बजारमा

लोकप्रिय सर्जक एकनारायण भण्डारीको शब्द संगीतमा बिष्णु माझीको आवाजमा नया गीत बजारमा

नेपाली लोक दोहोरीका एक होनहार सर्जक एकनारायण भण्डारीको लय तथा शब्द सृजनामा फेरी अर्को नया गीत'चिमोट्योनि चुटुक्कै"बजारमा आएको छ।गीतमा लोकप्रिय गायिका बिष्णु माझी र सुरेश सुन्दासको सुमधुर आवाज रहेको छ।सुरेस सुन्दासको प्रस्तुतिको रुपमा बजारमा आएको उक्त गीत अहिले एकनारायण भण्डारीको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको छ।

गीतमा लोकप्रिय मोडल दुर्गेश थापा ,अन्जली अधिकारी र राजु अधिकारीको दमदार नृत्य देख्न सक्छौ।चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको छायांकन भने राजेश घिमिरेले गरेका हुन् भने सम्पादन बिष्णु शर्माको रहेको छ।एकनारायण भण्डारीको यो भन्दा अगाडिका सृजनाहरु पनि उतिकै लोकप्रिय छन।गीतको प्रस्तुति राजु अधिकारीको रहेको छ।सुरेशको आवाजले झनै लोक संगीतमा अर्को आस थपिदिएको छ।हेरौ यो भिडियो।