Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

धमलाकी श्रीमती एसिडपिडित मुस्कानलाइ सहयोग गर्न पुग्दा चल्यो रुवाबासी,मुस्कानको बाबा आए मिडियामा

धमलाकी श्रीमती एसिडपिडित मुस्कानलाइ सहयोग गर्न पुग्दा चल्यो रुवाबासी,मुस्कानको बाबा आए मिडियामा

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम एडिट प्रहारमा परेर घाइते अबस्थामा रहेकी मुस्कान भेट्न अस्पताल पुगेकी छिन।उनले सहयोग सहित उक्त ठाउँमा गएर भेट्दा रुवाबासीनै चल्यो।एता प्रतिनिधिसभाको आइतबारको बैठकमा समय लिएर बोल्दै सांसद जुली कुमारी महतोले एसिड आक्रमणका घटना नियन्त्रण गरी महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

भदौ २० गते शुक्रबार बिहान विद्यालय जाँदै गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो। उनको अहिले काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। सांसद महतोले महिलाको सुरक्षाका लागि थप संवेदनशील बन्दै दोषीलाई पक्राउ गरी कडा कारवाही गर्न पनि माग गरिन्।

‘महिलाको सुरक्षाको लागि कडा कानुन ल्याउन आवश्यक छ, प्रदेश २ मा छोरीमाथि एसिड आक्रमणका घटना धेरै पटक भएकाले रोक्न कडा कदम चाल्नुपर्ने जरुरी छ’ उनले भनिन् ‘प्रदेश २को सरकारले बेटी पढाउ, बेटी जोगाउ अभियान जोडतोडले लागू गरेको छ, बेटी नै बाचेनन् भने बेटी पढाउ, बेटी जोगाउ अभियानको औचित्य हुने छैन।’

हेरौ भिडियो :