Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

बलिउड अभिनेत्री सन्नी लियोनी भोलि नेपाल आउँदै...

बलिउड अभिनेत्री सन्नी लियोनी भोलि नेपाल आउँदै...

काठमाडौं। बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन्। आफूले आइटम डान्स गरेको नेपाली चलचित्र ‘पासवर्ड’को प्रिमियर शोका लागि सन्नी नेपाल आउने भएकी हुन्।उनी बिहीबार अर्थात भोली दिउँसो नेपाल आइपुग्ने चलचित्रका प्रेस संयोजक दिनेश सिटौलाले डिसी नेपाललाई जानकारी दिए। उनका अनुसार दिउँसो २ बजेको सेरोफेरोमा सन्नी काठमाडौं ओर्लिने छिन् र साँझ कुमारी हलमा आयोजना गर्न लागिएको प्रिमियर शोमा सन्नीको उपस्थिति रहनेछ।

चलचित्र ‘पासवर्ड’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन्। चलचित्रमा हिराल जोशी र अमित बस्नेतको लगानी छ।२ करोड भारतिय रुपैयाँ पारिश्रमिक लिएर सन्नीले ‘आजको शाम’ बोलको गीतमा आइटम नृत्य गरेकी छन्।एक्सन र थ्रिलर कथामा बनेको चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, विक्रमदास जोशी, रविन्द्र झा, धिरेन शाक्य, प्रविन खतिवडालगायतका कलाकारहरुको अभिनय छ।