नेपाली लोक गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएकी गायिकाको नाम हो सम्झना लामिछाने मगर गायिका मगरले जति मिठो गीत गाऊनु हुन्छ तेतिनै मिलनसार पनि हुनु हुन्छ । झट्ट हेर्दा नायिका भन्दा कम नदेखिने गायिका सम्झना केहि भिडियो हरुमा समेत अभिनय गरि सक्नु भाको छ ।
उनै लोक प्रिय गायिका सम्झना लामिछाने मगरले बजार सार्बजनिक गर्नु भएको गीतको नाम हो ‘बैना रुमाल ” सार्बजनिक भएको छोटो समयमा निकै चर्चा कमाउन सफल पनि हुदै छ । उक्त गीतमा स्वर – सम्झना लामिछाने मगर/राम्जी खाँड़को रहेको छ भने शब्द -बैकुंठ महत / संगीत – खेम सेंचुरी / एरेन्जर – कृष्ण भान्जा / अभिनय – राम्जी खाँड़ सम्झना लामिछाने मगर / निर्देशक – प्रकाश भट्ट/सम्पादक- बिष्णु शर्मा /क्यामेरा – राजेश घिमिरे को रहेको छ ।
यस गीतलाई Samjhana_Lamichhane_Magar यूटुब च्यानल बाट बजारमा आएको छ ।