Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

उपभोक्ता अधिकारका पक्षमा कलम चलाउने शाह सम्मानित

उपभोक्ता अधिकारका पक्षमा कलम चलाउने शाह सम्मानित

काठमाडौं– उपभोक्ता अधिकारको पक्षमा निरन्तर कलम चलाउँदै आएका पत्रकार उज्वलजंग शाह सम्मानित भएका छन्। उपभोक्ता हितमा कर्पोरेट पत्रिकाका सम्पादक रहेका उनको अतुलनीय योगदानको सम्मान गर्दै राष्ट्रिय उपभोक्ता मञ्चले सम्मान गरेको हो।

‘सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उपभोक्ता हकहित र उनीहरुको अधिकार सुनिश्चितका लागि योगदान पु¥याएबाफत उहाँलाई सम्मान गरिएको हो,’ संस्थाका अध्यक्ष प्रेमलाल महर्जनले सम्मानका क्रममा भने। उनलाई संघीय संसदको प्रतिनिधी सभा अन्तर्गतको उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिका अध्यक्षले विमल प्रसाद श्रीवास्तवले उनीलगायत उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्नेलाई सम्मान गरे।

विगत २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय शाहले आर्थिक पत्रकारितालाई मूल विधा बनाएर समाचार लेखिरहेका छन् । उक्त सन्दर्भमा उनले उपभोक्ता हितलाई प्राथमिकता दिँदै आएका छन् । स्नातकोत्तरसम्मको अध्ययन गरेका शाहले २०५९ सालमा संवाददाताका रुपमा दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका हुन्।

त्यसपछि अटो नेपाल म्यागजिनको प्रधानसम्पादक र दृष्टि साप्ताहिकको म्यानेजिङ डाइरेक्टरका रुपमा भूमिका निर्वाह गरिसकेका छन्। विगत दश वर्षदेखि कर्पोरेट म्यागजिनको प्रकाशक र सम्पादकका रुपमा उनले काम गरिरहेका छन् । उनी अटो पत्रकारसँगको सभापति, सञ्चार सहकारीको अध्यक्ष, प्रतिज्ञा ट्रेड लिंकको निर्देशक, इश्वरलाल प्रतिष्ठानको महासचिव र फेसियल हाउसको निर्देशकका रुपमा समेत काम गरिरहेका छन्।

उनले उपभोक्तालाई मध्यनजर गरेर विभिन्न विषयमा कलम चलाएका छन्। ती विषय नीति निर्मातालाई झकझक्याउने गर्छ । जसका कारण उपभोक्ताले सहुलियत पाउने गरेका छन्। उनको यही स्वभावको कदर गर्दै मञ्चले सम्मान गरेको हो।