नेपाली सुगम संगीतको चर्चित गायिका मेलिना राईको स्वरमा रहेको गित “परदेशी मायाँलु” रिलिज भएको छ । कहिले काही त् सम्झीएर फोन गर्दै गर ,मैले जति मायाँ गर्नी तिम्रो को नै छ र ? म तिम्रो परदेशी मायालु परदेशी मायालु ,निकै नै मन छुने शब्दमा रहेको गितले धेरै दर्सकको मन जित्ने आशा राखिएको छ । भिडियोमा चर्चित नायिका आंचल शर्मा र राम आर.एस.को जिबन्त अभिनय हेर्न सकिन्छ । बिकाश सुबेदीको निर्देशन रहेको भिडियोलाई सुरेश काफ्लेले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । रक्षा म्युजिक प्रा.लि.मार्फत बजारमा आएको यस गितमा संगीत प्रेम सागर पौडेलको हो भने शब्द रचना प्राप्ति पौडेलले गरेकी छिन ।
https://youtu.be/PtkQAtPWUlQ