लोक गायक बिक्रम रानाले रापति समाज काठमाण्डौ द्वारा आयोजित "सातौ राष्ट्रिय म्युजिक अवार्ड २०७५" मा"साइलो" गितबाट सर्वोत्कृष्ट लोकदोहोरी नव गायक बिधाबाट अवार्ड हातपार्न सफल भएको छन।उनले गाएको उक्त गीत यो समय निकै चर्चामा छ।बिक्रम राना नेपाली लोक संगीतको लागि उदयमान गायक भए पनि उनको बेग्लै संघर्ष रहेको छ।
उनले आफ्नो फेसबुक पोष्टमा लेखेका छन "रापति समाज काठमाण्डौ द्वारा आयोजित "सातौ राष्ट्रिय म्युजिक अवार्ड २०७५" मा मैले "साइलो" गितबाट सर्वोत्कृष्ट लोकदोहोरी नव गायक बिधाबाट अवार्ड हातपार्न सफल भएको छु । यसको लागि सम्पुर्ण आयोजक अनि जुरि हरु प्रती हार्दिक आभार प्रकट गर्न चाहान्छु र ५० वटा विभिन्न बिधामा अवार्ड जित्न सफल सम्पुर्ण मा हार्दिक बधाई । यस गित सङ्ग जोडिनु भएका गितका सर्जक आदरणिय शिव हमाल, गायिका बिष्णु माझी, मोडेल हरु द्वय दिपिप रायामाजी र कबिता नेपाली , निर्देशक प्रकाश भट्ट, छयान्कन राजेश घिमिरे, सम्पादक बिष्णु शर्मा सम्पुर्ण मा धेरै धेरै अभार अनि सम्झन चाहन्छु"।साइलोका गायक बिक्रम रानालाइ हार्दिक शुभकामना ब्यक्त गर्दछौ।