जनताका गायक जीवन शर्माको छोरा अमृत आचार्यको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कल्याणकारी कोषबाट ५० हजार सहयोग हस्तान्तरण गरिएको छ।प्रतिष्ठानका केन्द्रीय अधक्ष्य बद्री पंगेनी र निबर्तमान अधक्ष्य चन्द्र शर्मा टिचिङ्ग अस्पतालमै पुगी जीवन शर्मालाई भेटि उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन।
केहि दिन अगाडी जीवन शर्माको माईलो छोरा अमृत आचार्यको मासु अड्कि अस्पताल भर्न भएका थिए उनको पहिलो मेजर अपरेसन भैसकेको र फेरी अर्को मेजर अपरेसन गर्नु पर्ने भएको गायक जीवन शर्माले जानकारी दिनु भयो। एता प्रतिष्ठानका अधक्ष्य बद्री पंगेनीले पनि आफ्नो सामाजिक संजालमा यस्तो लेखेका छन
'आदरणीय जन गायक जीवन शर्माको छोरा अस्वस्थ भइ उपचार गराइरहनु भएको छ। आज राष्ट्रिय लोक तथा दोहोरिगित प्रतिष्ठानको तर्फबाट उहाको स्वास्थ अवस्थाको बारेमा जानकारी लियौं र केही संस्थागत सहयोग पनि गर्यौं। माया र आत्मियताले गरिने सहयोग लाई शर्मा परिवार ले स्वीकार गरेको पाइयो तर केहिले अतिरंजित गरेर दयाको भावना देखाएको प्रती भने गुनासो रहेको पाइयो।'आर्थिक सहयोग रकम भने पंगेनीले खुलाएका छैनन्।शर्माको परिवारलाई सहयोग आउने क्रम जारि रहेको छ।