ललितपुर । गायक दुर्गेस थापाको एकपछि अर्को गीत रिलिज भइरहेको छ । उनको प्राय गितहरुले निकै चर्चा पाउने गर्छ । एक साताअघि मात्र दुर्गेसको आवाज रहेको ‘डन आयो डन’ देउसीभैलो गीत सार्वजनिक भएको छ । गीतको शब्द र संगीत दुर्गेसकै रहेको छ ।
११ लाखभन्दा बढी दर्शकले हेरेको उनको गीतलाई सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आइरहेको छ । यो गित शिव विकले निर्देशन गरेका हुन् भने, नवराज उप्रेतीले ‘ह्याप्पी तिहार, चिसो बियर’ भिडियोलाई खिचेका हुन् । भिडियोको सम्पादन भने विकास ज्ञवालीको रहेको छ । दुर्गेसले गीतको भिडियोलाई आफ्नै यूट्युब च्यानलबाट रिलिज गरेका छन् ।