Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

विश्वकै सय शक्तिशाली भित्र परेकी नेपाली महिला बोनिताको मन रूहाउने कहानी:अमेरिका जाने सपना त्यागेर समाजसेवा

विश्वकै सय शक्तिशाली भित्र परेकी नेपाली महिला बोनिताको मन रूहाउने कहानी:अमेरिका जाने सपना त्यागेर समाजसेवा

‘फुच्ची केटी ! तिमीले के नै गर्न सक्छौ र…?’साढे २ वर्षअघिसम्म यस्तै भन्नेहरु अहिले बोनिता शर्मालाई ‘बधाई…तिमी यसको लायक थियौ’ भनिरहेका छन। बोनिता छक्क पर्दै आफैंलाई सोधिरहेकी छिन्, ‘यो कसरी सम्भव भयो ?’

बोनिताले जवाफ पाउँछिन्, मिराकल अर्थात चमत्कार भयो । ‘विश्वका प्रभावशाली १०० महिला’ को सूचिमा आफ्नो नाम पर्नुलाई उनी जिन्दगीको सुखद ‘सरप्राइज’ पनि मान्छिन् ।बुधबार मात्रै ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)ले समाजमा प्रभाव छोड्न सफल विश्वभरका १०० महिलाको सूची सार्वजनिक गरेको थियो । पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ विधाका १०० महिलाको सूची सार्वजनिक गर्दा बोनितालाई ज्ञानको श्रेणीमा राखिएको थियो ।

हेरौ कमल सरगमले लिएको यो बिशेष कुराकानीको भिडियो :