Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

चर्चात रियालीटि सो 'द भ्वाइस अफ नेपाल' को नकआउट चरण शुरु

चर्चात रियालीटि सो 'द भ्वाइस अफ नेपाल' को नकआउट चरण शुरु

दोस्रो संस्करणमा 'द भ्वाइस अफ नेपाल'को नकआउट चरण सुरु भएको छ। यो चरणमा कार्यक्रमको उत्कृष्ट १२ प्रतिस्पर्धी छानिने छन्।

ब्लाइन्ड अडिसनबाट छानिएका ६४ प्रतिभाहरुले ब्याटल राउन्डमा प्रतिस्पर्धा गरे। ब्याटलबाट चार जना कोच बराबर ८ जना र हरेकले अन्य टिमको एक प्रतिस्पर्धी 'स्टिल' (तान्ने) गर्दा कुल ३६ जना प्रतिभाहरु छानिए।

छानिएकाहरु नकआउट राउन्डमा एकअर्कासँगको प्रतिस्पर्धा सामना गरी लाइभ राउन्डमा प्रवेश गर्नेछन्। यस चरणमा हरेक टिमका ३ सदस्य मात्र लाइभका लागि बाँकी रहनेछन्।

नकआउट राउन्डको पहिलो अंक यही शुक्रवार साँझ ८ बजे प्रसारण हुनेछ। लाइभ राउन्डसँगै उत्कृष्ट प्रतिस्पर्धी जिताउनका लागि सबैले गर्न पाउने भोटिङ पनि खुला गरिने आयोजकले बताएका छन्। लाइभ राउन्डका हरेक प्रस्तुतिमा दर्शकले एसएमएस र अनलाइन भोटिङमार्फत् आफूलाई मन परेको प्रतिभालाई मत दिन सक्नेछन्।

दर्शकको भोट र कोचको निर्णयका आधारमा उत्कृष्ट चार जना प्रतिभा ग्रान्ड फिनालेमा पुग्नेछन्।