धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’को फस्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रर्दशन मिति तय गरिएको छ । यो फिल्म आगामी फागुन ९ गते देखि प्रर्दशनीमा आउने छ । सार्वजनिक पोस्टरमा हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) एक्लै देखिएका छन् । उनलाई भादगाउँले टोपीमा देख्न सकिन्छ ।
सामाजिक कथावस्तुमा आधारित रहेर निर्माण गरिएको फिल्ममा सिताराम कट्टेलसँगै कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट र दिपक आचार्य लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।