नेपाली लोक दोहोरी क्षेत्रका बहुचर्चित गायक बिष्णु खत्री र अर्की एक चर्चित गायिका मिना लामाको आवाज रहेको बहुप्रतिक्षित गीत'झारनाको पानी'बजारमा आउने भएको छ।भोलिबाट बिष्णु खत्रीको अफिसियल च्यानल मार्फत बजारमा आउने उक्त गीतमा बिष्णु खात्रीकै लय तथा शब्द सृजना रहेको छ भने प्रस्तुति मिना लामाकै रहेको छ।
लामो समयको अन्तराल पछि बिष्णु खत्रीले यो समय रोमान्टिक गीत गएका छन।दोहोरीको बढ्दो सिर्जनाको माग अनुरुप उक्त गीत बजारमा ल्याउने तयारि गरेका हुन्।गीतमा चर्चित नायक आयुष रिजाल र अनु साहको अभिनय रहेको छ भने भिडियो निर्देशन शिब बिकले गरेका हुन्।गीत निकै उत्कृष्ट बनेको छ।भिडियो सम्पादन भने बिकाश ज्ञावालीले गरेका छन। गीतको सम्पूर्ण टिमलाई लालीगुराँस डटकमको तर्फबाट अग्रिम शुभकामना छ।