Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

राजदरबार भित्र प्रदिप खड्का अभिनित चलचित्र प्रेम गीत ३ को सुटिङ्ग

राजदरबार भित्र प्रदिप खड्का अभिनित चलचित्र प्रेम गीत ३ को सुटिङ्ग

अहिलेका निकै चर्चित अभिनेता प्रदीप खड्का र नव अभिनेत्री क्रिस्टिना गुरुङको यो वर्षको सर्वाधिक प्रतीक्षारत चलचित्र ‘प्रेम गीत ३’को छायांकन सुरु शुक्रबारबाट सुरु गरिएको छ ।चलचित्रको सुटिङ्ग दरबार बाट भएको छ।मनाङ्को नाकाको दरबारको इन्डोर भित्र उक्त चलचित्रको सुटिङ्ग सुरु भएको छ।

यो चलचित्रको शुक्रबार बिहान काठमाडौँस्थित दक्षिणकाली मन्दिरमा शुभमुहर्त गरियो । मुहुर्त पछि आजैबाट यो चलचित्रको छायांकन सुरु गरिएको हो । प्रेम गीत र प्रेम गीत २ को सफलतापछि प्रेम गीत ३ को निर्माण सुरु गरिएको हो । यो चलचित्र नयाँ वर्ष २०७७ को अबसर पारेर आगामी चैत २८ बाट प्रदर्शन हुनेछ । काठमाडौँको किर्तिपुर क्षेत्रमा एक महिना लगाएर निर्माण गरिएको सुटिङ स्टुडियोको सेटमा शुक्रबारबाट यो फिल्मको छायांकन सुरु गरिएको हो । काठमाडौंको छायाँकन सम्पन्न हुनासाथ मनाङको रमणीय स्थलमा छायाँकनको गरिने यसका निर्माता निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् ।

यो चलचित्रमा प्रदीप र क्रिस्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, माओत्से गुरुङ, लक्ष्मी बर्देवा, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, योगिसा खत्रीलगायतका कलाकारको अभिनय रहने छ ।

यो चलचित्र पुर्ण प्रेम कथामा आधारित रहने पनि यसका निर्माता तथा कलाकार, निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् । यो चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् ।

चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको द्धन्द्ध निर्देशन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

प्रेम गीतको ३ को स्कृप्टलाई निर्देशक गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । यो चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ ।

छायाँकन सुरु हुनु दुई दिन अघिमात्र यो चलचित्रको फस्ट लुक्सको रुपमा मोसन पोष्टर सार्वजनिक गरिएको छ । मोसन पोष्टरलाई दर्शकले रुचाएका छन् ।

चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार सेन र ओएसआर डिजिटल सह–निर्मातामा छन् ।

हेरौ टिचर :