Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

दोहोरी खेलेर भाइरल भएकी कमला घिमिरेको पहिलो गीत 'चिया छानेको'३ दिनमै सबै भन्दा धेरैले हेरे!हेरौ एकपटक

दोहोरी खेलेर भाइरल भएकी कमला घिमिरेको पहिलो गीत 'चिया छानेको'३ दिनमै सबै भन्दा धेरैले हेरे!हेरौ एकपटक

युटुबमा सर्बाधिक रुचाएकी कमला घिमिरेले आवाज दिएको पहिलो गीत'चिया छानेर' बजारमा आएको ३ दिनमै २० लाख दर्शकले हेरेका छन भने युटुबको ट्रेनिङ नम्बर १मै छ। कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रालिले लगानी गरेको छ।कमला घिमिरे संगै अमृत सापकोटाले उक्त गीतमा आवाज दिएका छन।अमृत सापकोटालेनै उनलाई मिडियामा ल्याएका थिए।

सानै उमेरमा उनले गाएको गीतले लाखौ दर्शक नजिकिएका थिए।१ करोड भन्दा बढीले दोहोरीने हेरिसकेका छन कमला घिमिरेको।कमला घिमिरेको उक्त गीतको प्रस्तुतकर्ता भने शम्भु कुँवर हुन्।चर्चित सर्जक रमेश बिजिको शब्द र अर्का चर्चित गायक तथा सर्जक खेम सेन्चुरीको लय रहेको गीतमा नेपालका चर्चित चर्चित मोडलहरुले नृत्य समेत गरेका छन।शंकर बिसीको निर्देशन रहेको भिडियोको छायांकन भने दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरेका हुन्।भिडियो सम्पादन भने बिकाश ज्ञावालीले गरेका छन।भिडियो अहिले निकै भाइरल भएको छ।गीत हेरौ :