Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

दोहोरी प्रतिष्ठानमा अध्यक्षमा उमेदवारीको लागि बिष्णु खत्री र रमेश बिजी,कसले मार्ला बाजी?

दोहोरी प्रतिष्ठानमा अध्यक्षमा उमेदवारीको लागि बिष्णु खत्री र रमेश बिजी,कसले मार्ला बाजी?

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिवेशन पोखरामा हुने भएको छ।यही मङ्सिर ६,७ र ८ गते हुने उक्त महाधिवेशनमा देशभरका कलाकारहरु एकजुट हुने छन।बर्तमान अध्यक्ष बद्री पंगेनीको नेतृत्वमा अगाडी बढेको उक्त सस्थाको अधिबेशन नजिकिदै गर्दा बिभिन्न पदको लागि उमेदवारी घोषणा सुरु भएको छ।चुनावी प्रचारकै लागि आफ्नो उमेदवारी घोषणा गर्न थालेका छन।सोहि माझमा चर्चित गायक बिष्णु खत्री र चर्चित सर्जक रमेश बिजिले पनि अध्यक्ष पदको लागि उमेदवारी घोषणा गरेका छन।

केहि समय अगाडी देखि रमेश बिजी मात्रै अध्यक्ष पदको दाबेदार थिए भने बिचमा रमेश बिजिको प्रतिष्पर्धीको रुपमा बिष्णु खत्री पनि उभिएका हुन्।यस अगाडी पनि बिष्णु खत्री २ पटक सम्म अध्यक्ष पदमा उठेका हुन्।दुवै पटक पराजित भएका खत्रीले यो पटक भने आफुलाई अझ दरिलो रुपमा देखाउन लामो समय सोचेरै उमेदवारी दिएका हुन्।यता रमेश बिजी सस्थाको हाल बरिष्ठ उपाध्यक्ष पदमा रहेका छन।एता बिष्णु खत्रीले यस अगाडी रमेश बिजिलाई महासचिब पदमा दुई तिहाइ मतले पराजित गरेका थिए।

सस्थाले बिधान सच्याएर सह-अधक्ष्य पद राखी बिष्णु खत्रीलाई सह अध्यक्ष पद दिएर रमेश बिजिलाई सर्वसम्मत अध्यक्ष पद दिने निर्णय हुदै गर्दा उक्त निर्णय भने फेरिएको छ।उक्त निर्णय सस्थाको केन्द्रीय सदस्यबाट मान्य नभए संगै बिष्णु खत्रीले आफ्नो उमेदवारी दिएका हुन।एता सस्थाले भने अहिले सम्म कुनै धारणा बाहिर ल्याएको छैन।सस्थाले बिष्णु खत्रीलाई कुन पद दिने र रमेश बिजिलाई सर्वसम्मत जिताउने भन्ने बिषय बाहिर आएको छैन।तर यो बिषय केहि समय भित्र-भित्रै चर्चामै रहयो।

कसले मर्ला बाजी ?

बिष्णु खत्री :बिष्णु खत्री नेपाली लोक दोहोरी क्षेत्रमा लामो समय देखि गायन पेसा हुदै लय र शब्द सम्म जोडिएर आएका कलाकार हुन्।उनले सिर्जना गरेका अधिकांश गीतहरु चर्चामै रहे।केहि जनवादी गीत गएका बिष्णु खत्रीले जनताको मन समेत जितेका छन।खत्रीले प्रतिष्ठानको चुनावमा दुई पटक सम्म हार बेहोरे संगै हाल सरकारमा रहेको तत्कालिन माओवादी केन्द्रबाट मेयरमा उठ्ने चर्चा बढ्यो तर उनले आफ्नो औपचारिक धारणा बाहिर ल्याएनन र अन्तत चुनवामा पनि उठेनन।उनि जुन माटोमा जन्मिए सोहि माटोमा पछिल्लो समय धेरै चर्चित कलाकारहरु जन्मिएका छन।खत्रीलाई जिताउन देश विदेशबाट साथ् सहयोग आउन थालेको छ।बिष्णु खत्रीले सस्थाको सुरुवाती काल देखिनै सहयोग गर्दै आएका छन भने उनि सस्थाको सुरुवाती समयदेखिनै क्रियासिल सदस्यको रुपमा देखिएका छन।बिष्णु खत्री अंग्रेजी र सोसोलोजीमा डबल डिग्री गरेका व्यक्ति हुन्।

रमेश बिजी :रमेश बिजी नेपाली लोक संगीतको लागि एक चर्चित नाम हो,उनले सृजना गरेका अधिकांश गीतहरु नेपाली जनमानसमा गुन्जायमान छन।उनि तत्कालिन अबस्थामा लोक तथा दोहोरी गीत प्रतिष्ठानको बरिष्ठ उपाध्यक्ष पदमा छन।धेरै मत ल्याएर उनि उपाध्यक्ष पदमा आज भन्दा ३ बर्ष अगाडी बद्री पंगेनी संगै बिजयी भएका थिए।यस अगाडी पनि प्रतिष्ठानको सुभारम्भ समय देखिनै सस्थामा बिजिले योगदान दिदै आएका छन।हाल राष्ट्रिय नाचघर जमलमा समेत कार्यरत रहेका बिजिलाई पनि यो बेला देश विदेशबाट जिताउनको लागि साथ सहयोग आउन थालेको छ।