Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

अन्तत गीतकार रमेश बिजिले पनि गरे औपचारिक रुपमै अध्यक्ष पदको उमेदवारीको घोषणा

अन्तत गीतकार रमेश बिजिले पनि गरे औपचारिक रुपमै अध्यक्ष पदको उमेदवारीको घोषणा

काठमाडौ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालको ७औं कार्यकालको अध्यक्ष पदको लागि सर्जक रमेश बिजिले उम्मेदवारी घोषणा गरेका छन्।

सस्थाका वरिष्ठ उपाध्यक्षसमेत रहेका बिजि यहि मंसिर ६,७ र ८ गते कास्कीको पोखरामा हुने ७औं महाधिवेशनबाट अध्यक्ष बन्ने विस्वासमा छन्।

उनले सामाजिक संजालमा लेखेका छन्,”आदरणीय अध्यक्ष बद्री पंगेनी ज्यु ,

संस्थापक पुर्व एवं निवर्तमान अध्यक्ष ज्युहरु, प्रदेश, जिल्ला, उपत्यका समन्वय समिति र विदेश शाखाका अध्यक्ष ज्युहरु, आदरणीय सल्लाहकार ज्युहरु महाधिवेशन प्रतिनिधि पर्यवेक्षक संचारकर्मी एवं शुभचिन्तक महानुभावहरु !

हाम्रो गरिमामय संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको स्थापनाकाल २०५७/०५८ देखि संस्थापक सह-सचिवको जिम्मेवारी,सांगठनिक विस्तार विशुद्व कलाकारिता र संस्थागत एकता वाहेक निजी जीवन व्यवस्थापनका धेरै महत्वपुर्ण कुराहरुलाई थाति राखेर नितान्त प्रतिष्ठानको धरालेको रुपमा जीवनको उर्जाशील १८/२० बर्ष व्यतित गरिसक्दा आफ्नै काखमा बोकेर डोराएर मागेर पालेर हुर्काएको यस प्रतिष्ठानको माया आफै भन्दापनि बढि हुँदो रैछ।”

उनले अगाडि लेखेका छन्, “बरु आफ्नै भविष्यको बारेमा चिन्ता गरिन्न जति यस संस्थाको लागि मरिमेटी गरिन्छ।फलस्वरुप आजको प्रतिष्ठान यो उचाईमा पुग्न सफल भएको छ र यिनै सारा उपलव्धिहरुको हकदार विभिन्न कालखण्डको नेतृत्व कार्यसमिति र सम्पुर्ण सहयोगीहरुको बीचमा म आफूलाई पनि यसको एकहिस्सेदार महसुस गर्छु र गर्विलो छाति लिएर अगाडि बढ्न पाएको छु। महासचिव ,वरिष्ठ उपाध्यक्ष विदेश विभाग प्रमुख हुँदै क्रमश: समयले मलाई अब यस संस्थाको जिम्मेवारीपुर्ण नेतृत्व समाल्ने चुनौतिपुर्ण क्षणमा पुराएको छ।”

उनले विगतका नेतृत्वबाट सकारात्मक पाठ सिक्दै सस्थालाई थप बलियो बनाउने वचन प्रकट गरेका छन्। आफ्ना अनुभव र सपनाहरुको मिश्रणबाट एउटा गतिशिल प्रतिष्ठित सुसंस्कृत र सर्वप्रिय सुन्दर प्रतिष्ठान बनाउने अठोटका साथ प्रतिवद्व रहेको कुरा उल्लेख गरेका छन्।

लोकप्रिय सर्जक बिजिले लेखेका छन्,”प्रतिष्ठानको अगाध माया बोकेर नेतृत्वको लागि उमेदवारी घोषणा गर्नु भएका अन्य सहकर्मी साथिहरुको पनि सम्मान गर्दै आसन्न ७औं केन्द्रीय महाधिवेशनमा ७औ भाग्यमानी अध्यक्षका रुपमा आफ्नो उमेदवारी रहने घोषणा गर्दछु । सद्भाव सहयोग विश्वास ,आशिर्वाद र स्वत स्फूर्त माया गरिदिनु हुने सबै प्रति कृतज्ञ छु। धन्यवाद।”

त्यस्तै अर्का सर्जक तथा गायक बिष्णु खत्रीले यसपाली पनि अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्।