Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

लोकदोहोरी गायक राजु ढकालले दिए कोषाध्यक्ष पदमा उमेदवारी

लोकदोहोरी गायक राजु ढकालले दिए कोषाध्यक्ष पदमा उमेदवारी

लोकप्रिय गायक राजु ढकालले आगामी मङ्सिर ६,७ र ८ गते हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको महाधिवेशनको लागि कोषाध्यक्ष पदमा उमेदवारी घोषणा गरेका छन।सामाजिक सनाजलामा उनले औपचारिक रुपमा आफु चुनावमा उठ्ने घोषणा गरेका हुन्।यस अगाडी उनि छैठौ महाधिवेशनमा सदस्य पदमा निर्बाचित भएका हुन्। पोखरामा हुने उक्त चुनावमा राजु ढकालले भोटको अपिल गरेका छन।उनले फेसबुकमा लेखेका छन:-

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति को संस्थापक सदस्य का रुपमा प्रवेश गरेको थिए म यो हाम्रो गरिमामय संस्थामा ।।त्यसपछि समन्वय समिति मा 2 कार्यकाल सदस्य दित्तिय उपाध्यक्ष अनि प्रथम उपाध्यक्ष पद सम्हाल्दै केन्द्रको छैठौं महाअधिवेशन बाट केन्द्रिय सदस्य पदमा निर्वाचित भएको थिए ।।

संस्थामा रहिरहदा संस्थाले दिएको जिम्मेवारी कति वहन गर्न सके सकिन त्यो त हाम्रा अग्रज ब्यक्तित्वहरुले साथै अध्यक्ष ज्यु लगायत का सम्पुर्ण पदाधिकारी साथीहरुले पक्कैपनि मुल्याङ्न गर्नु नै भएको छ भन्नी आशा छ ।

अन्त्यमा ,, आगामी दिनमा पनि संस्थालाई जस्तोसुकै परिस्थिति मा पनि एउटा सच्चा सिपाही भएर साथ दिने वाचा गर्दै सातौं महाअधिवेशन मा मेरो कोषाध्यक्ष पद मा उमेद्ववारी रहने कुरा धोषणा गर्दछु !!?