लामो समय देखि फुलमाया फाउन्डेसनले गर्दै आएको सामाजिक कामले अझ थप उचाई पाएको छ।लोक गायक बिरही कार्कीले संचालन गरेको उक्त फाउन्डेसनले फेरी यही मङ्सिरदेखि लागु हुने गरि फुलमाया कार्की फाउन्डेसन द्वारा गोरखा जिल्लामा रहेको समता स्कुलको आजिबन घर भाडा फाउन्डेसनको आजिबन कार्य तालिकामा प्रबेस भएको छ।

बिगत ३ बर्स देखी चितवन स्थित सहाराको घरमा रहेका २ बालबालिकाको माध्यमिक शिक्षा पुरा गर्ने कार्य पनि आजिबन कार्यतालिकामा समाबेस गरिएको छ। हरेक मान्छेमा आइ पर्ने आपतकालिन समस्यालाइ पनि आफु सक्दो सहयोग गर्दै आइरहेको र अझै साथ् र सहयोग गर्ने सस्थापक अध्यक्ष बिरही कार्कीले जानकारी दिनु भयो।उनि भन्छन'हामीलाइ आजिबन सद्स्य बनेर मन देखी सह्योग गर्नु हुने सबै सद्स्य अनि अरु बेला पनि साथ सल्लाह र सहयोग गर्नु हुने सबै सद्स्यहरुमा आभार प्रकट गर्न चाहन्छु"

कार्की केहि समयको बिदा पछि फेरी अमेरिका फर्किएका छन।सोहि क्रममा उनले आफ्नो सस्थालाई सहयोग गर्नेहरुलाई सम्झिएका छन उनले सामाजिक संजालमा लेखेका छन:
सस्थालाइ सुरु देखी यहा सम्म लेराउन खुब पसिना बगाउने महासचिब सुमन बैरागी! सद्स्य बुद्दीमान घिसिङ, सद्स्य लक्ष्मी श्रेष्ठ ,सस्थाका नब अध्यक्ष जीबन बल्कोटी अनि हरेक नकारात्मक प्रहारहरुमा शक्ति प्रदान गर्ने जति बेला पैसा चाहियो उति बेला आफ्नो तलब काटेर सेवा भनेसी आफुलाइ बिर्सिने सस्थाकी उपाध्यक्ष खेम माया कार्की सद्स्य सिर्जु मगर ,फाउन्डेसनका वेब डिजाइनर बिनोद भाइ समता स्कुल सग जोडिदिने चन्द्रमनि गौतम जति बेला पर्यो उति बेला मिडियाको भुमिका निभाउने कमल सरगम लाइ नमन ! पहिला पहिला अलि अलि सबै सग सहयोग मागेर सेवा गरेउ अहिले आफनै तलब काटेर सेवा गरेका छौ अनि पर्दा खेरी तपाइहरुको पनि साथ छ आसा छ भोलीका दिनमा केही न केही होला तर सफा मनले सकेको सेवा गरिन्छ।"
फुलमाया कार्की फाउन्डेसन बिरही कार्कीको स्वर्गीय आमाको नाममा खोलिएको फाउन्डेसन हो। हाल उक्त सस्थाको कामले धेरै खुसि छन।