Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

संचारकर्मी एवं गीतकार दुर्गा पंगेनीले पनि दिए केन्द्रिय सदस्यको उमेदवारी

संचारकर्मी एवं गीतकार दुर्गा पंगेनीले पनि दिए केन्द्रिय सदस्यको उमेदवारी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ महाअधिवेशन यहि मंसिर ६-७-८ गते पोखरामा आयोजना हुन गईरहेको छ ।

यो महा अधिवेशनले निर्वाचन मार्फत नयाँ कार्य समिती समेत चयन गर्नेछ । नयाँ कार्य समितीमा आउने सम्भावित सदस्य हरुले आफ्नो उमेदवारी घोषणा गर्न सुरु गरिसकेका छन ।

यसैविचमा संचारकर्मी एवं गीतकार दुर्गा पंगेनीले पनि केन्द्रिय कार्यसमिती सदस्यको लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन । बिभिन्न पत्रपत्रीकामा स्तम्भ लेख्दै आएका पंगेनी केन्द्रविन्दु डटकम का नियमित ब्लगर समेत हुन ।

दर्जनौं गीत लेखेका पंगेनीको ‘जोगाउनु छ कालापानी’ भन्ने देशभक्तिपुर्ण गीत चर्चाको शिखरमा रहेको थियो । अहिले लिपुलेक भारतले मिचेको सन्दर्भमा उक्तगीत भाईरल भईरहेको छ ।

प्रतिष्ठान मा संगलग्नताको हिसाबले पनि पंगेनी निकै सकृय छन । बैदेशिक शाखा अन्तर्गत कतार शाखाका संस्थापक समेत रहेका उनी हाल कतार शाकाको संरक्षक सदस्सय मेत हुन । यसैले पनि उनको उमेदवारी चर्चाको शिखरमा रहेको छ । सामाजिक सञ्जालमा उनलाई विजयको लागि अग्रिम बधाईहरु आईरहेका छन ।

लालीगुराँस डटकम परिवार पनि उनलाई हार्दिक शुभकामना ब्यक्त गर्दछ ।