Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

लोक गायक बिष्णु खत्री लामो समयपछि मिडियामा,रमेश बिजी संग अध्यक्षमा लड्दै,जितेरै देखाउने!

लोक गायक बिष्णु खत्री लामो समयपछि मिडियामा,रमेश बिजी संग अध्यक्षमा लड्दै,जितेरै देखाउने!

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिवेशन पोखरामा हुने भएको छ।यही मङ्सिर ६,७ र ८ गते हुने उक्त महाधिवेशनमा देशभरका कलाकारहरु एकजुट हुने छन।बर्तमान अध्यक्ष बद्री पंगेनीको नेतृत्वमा अगाडी बढेको उक्त सस्थाको अधिबेशन नजिकिदै गर्दा बिभिन्न पदको लागि उमेदवारी घोषणा सुरु भएको छ।चुनावी प्रचारकै लागि आफ्नो उमेदवारी घोषणा गर्न थालेका छन।सोहि माझमा चर्चित गायक बिष्णु खत्री र चर्चित सर्जक रमेश बिजिले पनि अध्यक्ष पदको लागि उमेदवारी घोषणा गरेका छन।

केहि समय अगाडी देखि रमेश बिजी मात्रै अध्यक्ष पदको दाबेदार थिए भने बिचमा रमेश बिजिको प्रतिष्पर्धीको रुपमा बिष्णु खत्री पनि उभिएका हुन्।यस अगाडी पनि बिष्णु खत्री २ पटक सम्म अध्यक्ष पदमा उठेका हुन्।दुवै पटक पराजित भएका खत्रीले यो पटक भने आफुलाई अझ दरिलो रुपमा देखाउन लामो समय सोचेरै उमेदवारी दिएका हुन्।यता रमेश बिजी सस्थाको हाल बरिष्ठ उपाध्यक्ष पदमा रहेका छन।एता बिष्णु खत्रीले यस अगाडी रमेश बिजिलाई महासचिब पदमा दुई तिहाइ मतले पराजित गरेका थिए।

हेरौ रमेश बिजिलाई हराउछु भन्नुहुने बिष्णु खत्रीको भाबि योजना र चुनावको कार्यक्रमहरु :