Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

बद्री पंगेनी आजबाट निबर्तमान अध्यक्ष,बिष्णु खत्री र रमेश बिजी दुबैले दिए अध्यक्षको उमेदवारी

बद्री पंगेनी आजबाट निबर्तमान अध्यक्ष,बिष्णु खत्री र रमेश बिजी दुबैले दिए अध्यक्षको उमेदवारी

मङ्सिर ६ गतेदेखि सुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशनको दोश्रो दिन आज पनि प्रतिष्ठानको बन्द सत्र हुदै निर्बाचनको लागि उमेदवारीको नाम दर्ता सुरु भएको छ।सोहि क्रममा अध्यक्ष पदका उमेदवार द्वय रमेश बिजी र बिष्णु खत्रीले पनि आफ्नो उमेदवारी दर्ता गरेका छन।

लगातार चुनावी माहोलको प्रचार हुदै गर्दा एक आपसमा मिल्ने सहमति सम्म पुगेका रमेश र बिष्णु अन्ततःमहाधिवेशनका प्रतिनिधिहरुले सह-अध्यक्ष नाराखियोस भन्नेहरुकै मत बढी भएपछि सस्थाले उक्त पदलाई खारेज गरि रमेश बिजी र बिष्णु खत्रीलाई चुनावी मैदानला प्रबेस गराएको छ।

तीन दिनसम्म चल्ने महाधिवेशन शुक्रबारबाट सुरु भएको हो । यस महाधिवेशनबाट लोक तथा दोहोरी गीत प्रतिष्ठानले नयाँ नेतृत्व पाउँदै छ ।उक्त अधिबेशनको आयोजक भने सस्थाको साखा गण्डकी प्रदेश पोखराले गरेको हो।

अध्यक्ष पदका दुवै दाबेदार दोहोरी गीतका चर्चित खम्बा हुन्।बद्री पंगेनी अध्यक्ष रहेको उक्त सस्थामा अब भने उनि निबर्तमान अध्यक्ष भएका छन।उनले बन्द सत्रबाट अघिल्लो कार्यसमिति भङ्ग भएको घोषणा गर्दै नया आउने कार्यसमितिलाई शुभकामना पनि दिएका थिए।उनको कार्यकाल अहिले सम्मकै उत्कृष्ट कार्यकाल भन्दै धेरैले बद्री पंगेनीलाइ धन्यबाद दिदै गर्दा पंगेनीले भने 'आफुले गरेको काम दिमागले न भएर मन मुटुले गरेको र मन देखि गरेको काम सधै राम्रो हुने उनको भनाई थियो'पंगेनी भाबुक हुदै भन्छन'मैले अहिले सम्मकै यति राम्रो टिम कहिल्यै पाउन सकिन,चन्द्र शर्मा जस्तो क्रियासिल निबर्तमान अध्यक्षकै साथको कारण अझ सस्थाको हरेक काम अगाडी बढाउन सके जातिलाई गालि गरे कोहिले नराम्रो सोच्नु भएन यही मेरो लागि सफल कार्यकाल लागेको छ।'

सस्थामा अन्य पदका लागि पनि उमेदवारी दर्ता सुरु भएको छ १२ सय भन्दा बढी प्रतिनिधि यो बेला भोट हाल्नको लागि पोखराको सभागृहमा प्रखाईमा छन।एता कलाकारहरु पनि प्रचार प्रसारमै व्यस्त छन।चुनावी माहोल संग घुलमिल भएका कलाकारहरुको अनुहार भने थकित देखिन्छ,केहि दिन देखि कलाकारले निन्द्रा मारेरै चुनावमा होमिएका छन।चुनाव भने ८ बजे पछि मात्रै हुने निर्बाचन समितिले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस

दोहोरी प्रतिष्ठानमा अध्यक्षमा उमेदवारीको लागि बिष्णु खत्री र रमेश बिजी,कसले मार्ला बाजी?