Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

दित्तीय उपाध्यक्षमा रामजी खाण निरबिरोध बिजयी,पुरानै पद दोहोराए

दित्तीय उपाध्यक्षमा रामजी खाण निरबिरोध बिजयी,पुरानै पद दोहोराए

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौ अधिबेशन यो बेला पोखरामा चलिरहेको छ।सोहि क्रममा कलाकारहरुको उमेदवारी दर्ता भएको छ।उमेदवारी दर्ता संगै लोकप्रिय गायक रामजी खाँण निरविरोध बिजयी भएका छन।रामजी संग कुलेन्द्र बिश्वकर्मा उठ्ने पक्का थियो,कुलेन्द्र बिश्वकर्माले सचिब पदमा उमेदवारी दिए पछि रामजीलाइ सहज भएको छ ।

उनले गत कार्यकालकै पदलाई निरन्तरता दिएका छन।रामजी संगै बरिष्ठ उपाध्यक्षमा रिता थापा,प्रथम उपाध्यक्षमा पशुपति शर्मा,महिला उपाध्यक्ष राधिका हमाल,महासचिवमा सुबास केसी,उप-महासचिवमा शिब हमाल र शंकर बिसी,सांगठनिक सचिबमा खुमन अधिकारी,सह-कोषाध्यक्ष (महिला)मा पूर्णकला बिसी,महिला सचिबमा जमुना राना निरविरोध निर्बाचित भएका छन।औपचारिक रुपमा घोषणा भने हुन बाँकी रहेको छ।