Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

लोकप्रिय मोडल शंकर बिसी र शिब हमाल उप-महासचिबमा निरबिरोध बिजयी

लोकप्रिय मोडल शंकर बिसी र शिब हमाल उप-महासचिबमा निरबिरोध बिजयी

कमल सरगम-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौ महाधिवेशन यो बेला पोखरामा चलिरहेको छ।सोहि क्रममा कलाकारहरुको उमेदवारी दर्ताको क्रम सकिएको छ उमेदवारी दर्ता संगै लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसी र लोकप्रिय सर्जक तथा गायक शिब हमाल उप-महासचिब पदमा निरविरोध बिजयी भएका छन। यस अगी सर्बाधिक मत पाएर शिब हमाल केन्द्रीय सदस्यमा निर्बाचित भएका थिए भने शंकर बिसी सचिब पदमा अत्याधिक मत सहित निर्बाचित भएका थिए। उक्त पदको लागि अन्य दाबेदारहरु बाहिरिए संगै निरबिरोध चयन भएका हुन्।

शिब हमाल र शंकर बिसी संगै बरिष्ठ उपाध्यक्षमा रिता थापा,प्रथम उपाध्यक्षमा पशुपति शर्मा,दित्तीय उपाध्यक्षमा रामजी खाँण,महिला उपाध्यक्ष राधिका हमाल,महासचिवमा सुबास केसी,सांगठनिक सचिबमा खुमन अधिकारी,सह-कोषाध्यक्ष (महिला)मा पूर्णकला बिसी,महिला सचिबमा जमुना राना निरविरोध निर्बाचित भएका छन।औपचारिक रुपमा घोषणा भने हुन बाँकी रहेको छ।