Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

लोकप्रिय गायिका पूर्णकला बिसी महिला सह-कोषाध्यक्षमा निरबिरोध बिजयी

लोकप्रिय गायिका पूर्णकला बिसी महिला सह-कोषाध्यक्षमा निरबिरोध बिजयी

कमल सरगम-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौ महाधिवेशन यो बेला पोखरामा चलिरहेको छ।सोहि क्रममा कलाकारहरुको उमेदवारी दर्ताको क्रम सकिएको छ उमेदवारी दर्ता संगै लोकप्रिय लोक तथा दोहोरी गायिका पूर्ण कला बिसी महिला सहकोषाध्यक्ष पदमा निरविरोध बिजयी भएकी छिन। यस अगी सर्बाधिक मत पाएर केन्द्रीय सदस्यमा निर्बाचित भएकी उनि यो पटक भने केहि पद माथी उठेर लडेकी हुन।पूर्णकला एक सक्रिय केन्द्रीय सदस्यको रुपमा रहिरहदा उनि नया कार्यसमितिको लागि भने झन् उर्जा सहित अगाडी बढ्ने भएकी छिन।

पूर्णकला बिसीसंगै बरिष्ठ उपाध्यक्षमा रिता थापा,प्रथम उपाध्यक्षमा पशुपति शर्मा,दित्तीय उपाध्यक्षमा रामजी खाँण,महिला उपाध्यक्ष राधिका हमाल,महासचिवमा सुबास केसी,सांगठनिक सचिबमा खुमन अधिकारी,महिला सचिबमा जमुना राना निरविरोध निर्बाचित भएका छन।औपचारिक रुपमा घोषणा भने हुन बाँकी रहेको छ।