Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

दोहोरी प्रतिष्ठानको चुनावको ताजा परिणाम :रमेश बिजी बिष्णु खत्री भन्दा १६ मतले अगाडी

दोहोरी प्रतिष्ठानको चुनावको ताजा परिणाम :रमेश बिजी बिष्णु खत्री भन्दा १६ मतले अगाडी

कमल सरगम -पोखरा :राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिवेशनको चुनावी प्रक्रिया संगै मत गणना सुरु भएको छ।पहिलो चरणको मत गणना संगै रमेश बिजिले बिष्णु खत्रीलाई केहि मतले पछाडी पारेका छन।अध्यक्ष पदका उमेदवारी रमेश बिजिको पक्षमा १ सय ३३ र बिष्णु खत्रीको पक्षमा १ सय १७ मत प्राप्त भएको छ।हाल सम्म सम्म २ सय ५० मत गणना भएको छ। १६ मतको अन्तरले बिष्णु खत्रीलाई रमेश बिजिले पछाडी पारेका छन भने बिष्णु खत्रीले पनि रमेश बिजिलाइ पछ्याईरहेका छन।अन्य पदमा पनि कलाकारहरुको उस्तै बाहुलियता देख्न सकिन्छ।

हाल सम्म सबै भन्दा धेरै मत भने लोकप्रिय गायिका देवी घर्तीको रहेको छ।उनि सदस्य पदमा उठेकी हुन्।उनले २ सय १ मत ल्याएकी छिन।एता प्रकाश सपुत पनि मतको हिसाबमा अगाडीनै देखिएका छन भने अन्जली अधिकारीको पनि मत अगाडी देखिन्छ।

अन्य विवरण निरन्तर आउने जानकारी गराउदा छौ।