Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

आँखाभरी आँसु पार्दै चुनाव जितेका दोहोरी कलाकारहरु देवी घर्ति देखि पशुपति ,पुस्कल हुदै प्रकाश सम्म

आँखाभरी आँसु पार्दै चुनाव जितेका दोहोरी कलाकारहरु देवी घर्ति देखि पशुपति ,पुस्कल हुदै प्रकाश सम्म

शुक्रबारबाट पोखरामा सुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं महाधिवेशन आईतबार सम्पन्न भएको छ । प्रतिष्ठानको नयाँ नेतृत्वमा गीतकार रमेश बिजी चयन भएका छन् । गायक तथा अध्यक्षका अर्का प्रत्यक्षी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै गीतकार बिजी प्रतिष्ठानको अध्यक्षमा बिजयी भएका हुन् । निर्वाचनमा रमेशले ५८४ मत प्राप्त गरेर बिजय हाँसिल गरेका हुन भने बिष्णुले ५४५ मत प्राप्त गरेका थिए ।

आईतबार बेलुकीबाट सुरु भएको मत गणनाको सम्पूर्ण परिणाम सोमबार बिहानीपख आएको हो । प्रतिष्ठानको अध्यक्ष सहित सचिब, कोषाध्यक्ष र केन्द्रिय सदस्य पदमा निर्वाचन भएको थियो भने बाँकी पदाधिकारीहरु निर्विरोध चयन भएका थिए ।प्रतिष्ठानको खुला सचिब तर्फ जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, बसन्त थापा र पुष्कल शर्मा बिजयी भएका छन् । यस्तै प्रशासन सचिबमा कृष्ण रेउले निर्वाचित भएका छन् ।हेरौ भिडियोमा बाँकी