Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

पराजय भोगेका बिष्णु खत्रीले लेखे फेसबुकमा मनछुने स्टाटस:यो मेरो हार हैन

पराजय भोगेका बिष्णु खत्रीले लेखे फेसबुकमा मनछुने स्टाटस:यो मेरो हार हैन

कमल सरगम -काठमान्डौ:लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिवेशन सफल हुदै गर्दा तेश्रो पटक पनि हार बेहोरेका बिष्णु खत्रीले आफ्नो अभिव्यक्ति सामाजिक संजाल मार्फत प्रस्तुत गरेका छन।आफुलाई हारनै जितको बाटो हो भन्ने बिष्णु खत्रीले यो समयको हारलाइ अब उर्जाको बाटो खुलेको उनको आसय छ।उनि निकट बिशेष श्रोतका अनुसार खत्रीले अब नया सस्था जन्माउदै छन।प्रतिष्ठान प्रतिको माया उतिकै रहने र सस्थालाई गर्दै आएको साथ् सहयोगलाइ निरन्तरता दिदै आफ्नो संयोजनमा नया सस्था खोल्ने तयारीमा रहेको बिष्णु खत्री निकटको बिशेष श्रोतबाट जानकारी आएको छ तर खत्रीले भने आफ्नो स्टाटसमा उक्त कुरा लेखेका छैनन्।खत्रीले अग्रज कलाकारहरुको नेतृत्वमा नया सस्था जन्माउन लागेको र उक्त सस्थाले पनि दोहोरी गीतकै बिषयमा आवाज उठाउने खुलेको छ।सोहि कुरा हामीमाझ आए संगै खत्रीलाई प्रश्न गर्दा उनि भन्छन 'यो बेला केहि सोचेको छैन।' खत्रीलाई भोट गर्नेहरुले पनि सस्था खोल्न आग्रह गरिरहेको जानकारी आएको छ।उनले फेसबुकमा यस्तो लेखेका छन:

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानकाे साताैं केन्द्रीय महाधिवेशन पश्चात् एक दिनकाे शारीरिक अारामले हल्का अानन्दित छु।पाँच पाँच मिनेटमा बत्ती जाँदै पाँच पाँच मिनेट नअाउनु,अनुमाेदन भईसकेका प्रतिनिधि बाहेक पछि छुटपुट र नाम सच्याउने नाममा नयाँ प्रतिनिधि थपिनुले मन शसंकित हुनु बाहेक चुनाब साैहाद्रपुर्ण बाताबरणमा सम्पन्न भएकाेमा अायाेजक र निर्वाचन कमिटिलाई हृदय देखिनै अाभार प्रकट गर्न चाहन्छु। चुनाबमा मेराे उमेदवारी उपयुक्त थियोे भन्ने कुरामा दृढ छु।दुई पटककाे घाईतेलाई मल्हमपट्टि लगाएर बचाउने संकल्प सहित अाउनेहुने मेरा भगवानरुपी मतदाताहरुलाई याे साना हरफमा सम्बाेधन गर्ने कुनै शब्द नभेटेर ब्यक्त गर्न सकिन।

देश बिदेशबाट मेराे नेतृत्व र मैले खेल्ने भुमिकामा अास्था राख्द‌ै विभिन्न काेणबाट मलाई सहयाेग गर्नु हुने सबैमा नतमस्तक र ऋणी छु।म प्रति हजुरहरुले देखाएकाे सदसायता,बिश्वासले मेराे अात्मबिश्वासलाई कहिल्यै डगमगाउन दिने छ‌ैन।बिपक्षमा मतदान गरि मैले अझै केही गर्न र सिक्न बाँकि छ भनेर झक्झकाउनु हुने सम्पूर्णमा मेराे उच्च सम्मान छ।निरन्तर यही क्षेत्रमै थप उत्साह जाेश जाँगर र सक्रियताका साथ लाग्ने प्रेरणा चुनाबी मत बाटै स्पष्ट पारिदिनु भएकै छ।मेराे करिब दुई दशक सांगीतिक यात्रामा लाैरी बनेर प्रेरणा र हाैसला प्रदान गर्नु हुने मेरा शुभचिन्तक ईष्टमित्रहरुमा मनमुटुबाटै सलाम ठाेक्न चाहन्छु।

संस्था स्थापनाकाे शुरुवाती चरणबाट केही कार्यकाल सदस्य,सचिब र महासचिब हुँदै गर्दा मैले गरेका कामकुराकाे लेखाजाेखा संस्थाले अाफ्नाे दस्तावेजमा राख्नेछ भन्ने कुरामा अाशाबादी छु। कलाकारहरुकाे उज्ज्वल भबिष्य र संस्थागत हकहितकाे लागि संस्थागत तवरबाटै केही गर्ने अभिलाषा बाेकेर हिडेकाे यात्री म अब बाँकि यात्रा अझै शसक्त ढङ्गबाट अघि बढाउने कुरा जानकारी गराउन चाहन्छु।संस्था बाहिर रहे पनि संस्था प्रति मैले निभाउने भुमिकामा कुनै गिरावट अाउने छैन।अार्थिक,भाैतिक, नैतिक एवं सांस्कृतिक तवरबाटै सहयाेग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।

भावी दिनहरुमा लाेक संस्कृति जगेर्ना र रक्षार्थ अझै रा्म्रा माैलिक सृजनाहरु हजुरहरु माझ पस्कने कुरामा ध्यान बढीनै केन्द्रित गराउने छु।पुर्व अध्यक्ष ज्युहरु,प्रतिष्ठानका बर्तमान, निबर्तमान एवं पुर्व पदाधिकारी ज्युहरु,उपत्यका समन्वय समिति,सातै प्रदेश समिति,उपत्यका सम्पूर्ण समितिहरु,देश भरका जिल्ला कमिटिहरु,बिदेश कमिटी ,संरक्षक सल्लाहकार ज्युहरु,मानार्थ सदस्य ज्युहरु,अाजिबन सदस्य ज्युहरु,प्रतिनिधि परिवेक्षकहरुमा हार्दिक हार्दिक सम्मान सहित निवर्तमान अध्यक्ष बद्री पंगेनी ज्युलाई विशेष धन्यवाद प्रकट गर्दै साताै महादिवेशन बाट निर्वाचित हुनुहुने मेराे मिलनसार साथी रमेश बि जी लगायत सम्पूर्ण पदाधिकारीलाई बधाई एवं सफल कार्यकालकाे शुभकामना।

मैले चुनाबमा गरेका प्रतिबद्दता केही मिडिया मार्फत उदघाेष गरिसकेकाे छु र नयाँ कार्यसमितिले पूरा गर्ने कुरामा मेराे साथ सहयाेग र समर्थन हुनेमा बिश्वस्थ छु।केही साथीभाई, शुभचिन्तक र मेराे अथक एकल प्रयासमा जम्मा २० मतले मेराे पाेल्टामा नपरेकाे याे चुनाब मेराे अात्माले हार हैन जित नै ठानेकाे छ र अात्माबल बढाउदै थप उर्जा दिलाएकाे छ।संस्थामा केही काम गरेर अाउनु भएका र केही गर्छु भनेर अाउनु भएकाहरुले चुनाबी माहाेलमा भाग लिएर हार ब्यहाेर्नु पर्दा र केही याेग्य ब्यक्तिले चुनाबमा उमेदवारी नदिंदा कता कता चित्त दुखेकै छ।अन्तमा:नेपाल भरी डुल्ने अभिलाषा बाेकेर हिडेकी माहुरीकी रानु तिमी चितवन,कास्की,दाङ,दुई पटक पाल्पा र स्याङ्जा पुगेर पनि फेरि स्याङ्जामै बाँस बस्न पुग्याै।।शाहेद धाैलागिरीमा अाउने तिम्रो तिब्र इच्क्षा हुँदा हुँदै केही माहुरीले धाैलागिरीमा बिषादी छरेका छन भन्ने कुरा समुहमा अफाह फैलाउँदै कानमा पुर्याए।पुर्व र सुदुर पश्चिममा तिमी पुगाैली भन्ने कुरामा मैले कल्पना समेत गर्दिन।