Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

बद्री पंगेनीको कार्यकालमा बिकृतिजन्य दोहोरी गीतको अन्त्य गर्ने बिनोद बाजुराली किन हारे यो पटक?

बद्री पंगेनीको कार्यकालमा बिकृतिजन्य दोहोरी गीतको अन्त्य गर्ने बिनोद बाजुराली किन हारे यो पटक?

कमल सरगम-काठमान्डौ:राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौ महाधिबेशनमा खुल्ला सचिबबाट केहि मतले मात्रै पराजित भएका चर्चित गायक तथा एरेन्जर बिनोद बाजुरालीले आफु सस्थाको चुनावी माहोलबाट हारिएपनि सस्थाको एजेन्डामा बिजयी भएको खुलासा गरेका छन।

बिकृति विसंगतिको संयोजन गर्दै बिगत ३ बर्ष देखि दोहोरी प्रतिष्ठानको सदस्य पदमा रहेका बाजुरालीले २ बर्षमै छाडा गीतको अन्त्य गरेर देखाए।

बद्री पंगेनीको नेतृत्वलाइ सफल बनाउन सबै भन्दा ठुलो हात बिनोद बाजुरालीको पनि देखिन्छ।बाजुरालीले आफ्नै स्टुडियोमा आएका धेरै गीतहरु रेकर्डमा रोक लगाए,बिकृतिजन्य शब्दहरु हटाएर मात्रै रेकर्ड गर्न लगाए,कतिपय गीतहरु युटुब देखि अन्य सोसल मिडियामार्फतनै हटाउन आवज उठाए जसको कारण आज मौलिक लोक संगीतको पुनर्जन्म भएको छ र फेरी दोहोरीले पुरानै मोड लिएको छ।बद्री पंगेनीको एक एजेन्डानै थियो बिकृतिको अन्त्य गर्ने र छाडा दोहोरी गीतको बन्देज गर्ने उक्त अभियानमा बाजुराली हर समय खटिए,कामनै छाडेर सस्थाको नेतृत्वलाइ दरिलो बनाउन र आफु रहेको कार्यकाललाइ अझ उच्च बनाउन उनि हर समय सस्थामै रहे। उनले बद्री पंगेनीको एक स्टाटसमा लेखेका छन "मैले हारेकोमा दुखी हुनु भन्दा मेरो एजेन्डाले जितेको मा लाखौं गुणा खुशी छु।"

यसकारण हार बेहोर्न पुगे बाजुराली :

उनि हारिनुमा सस्थापन पक्ष दरिलो देखिन्नन्।बाजुरालीको काम र बाजुरालीले खेलेको भूमिकाको सस्थापन पक्षले प्रचार गर्न नसक्दा बाजुरालिलाई आफ्नै सस्थापन सदस्यहरुबाट पनि राम्रो संग भोट आएन भने उनको योगदानको कदर राम्रो संग हुन सकेन।बाजुरालीको योगदानमा बद्री पंगेनीले भने खुलेरै प्रशंसा गरेका थिए।बन्द सत्रमा पंगेनीले भनेका थिए 'बिनोद बाजुरालिकै कारण आज हामीले छाडा गीतहरु सुन्न पाएका छैनौ,बिकृतिको अन्य भएको छ,हरेक म्युजिक भिडियो स्तरीय र मौलिक बन्न थालेका छन'।बाजुरालीले ब्यबसायिक पाटोलाइ भन्दा बढी सस्थागत पाटोलाइ बढी जोड दिएका छन भने सस्थागत योजनाको हरेक पटक उनले खुलेरै प्रशंसा संगै सहयोग गर्दै आएका छन।चाहे भवन निर्माणमा होस् या दोहोरी प्रतियोगिता उनले आफ्नो तर्फबाट आर्थिक देखि भौतिक सम्मको सहयोग गर्दै आए तर सस्थापन पक्षबाट उनको त्यति मुल्यांकन हुन सकेन जस कारण उनि हारको सिकार भए।सुदूरपश्चिमबाट भने उनलाई एकलौटी समर्थन देखियो भने अन्य क्षेताबाट आमासिक समर्थन मात्रै देखियो।