Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

बद्री पंगेनी नेतृत्वले संचारकर्मीहरुको भूमिका बुझ्न सकेन :चन्द्रमणि गौतम

बद्री पंगेनी नेतृत्वले संचारकर्मीहरुको भूमिका बुझ्न सकेन :चन्द्रमणि गौतम

कमल सरगम -काठमान्डौ:लोक संचारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणि गौतमले लोक दोहोरी प्रतिष्ठानले संचारकर्मीको भूमिका बुझ्न नसकेको जिकिर गरेका छन।उनले प्रतिष्ठानको सातौ महाधिबेशनमा पत्रकारहरुलाई दोहोरी प्रतिष्ठानले गरेको व्यवहार प्रति अचम्मित भएको बताए।सस्थाकै हितमा पुगेका संचारकर्मीहरुलाई वास्ता नगरेको भन्दै सस्था अगाडी बढ्न संचारकर्मीको पनि ठुलो भूमिका रहेको बताए।

लालीगुराँस डटकम संग कुरा गर्दै गौतमले भने 'लोक दोहोरी प्रतिष्ठानको लागि हामीले सस्था स्थापना काल देखिनै हर समय साथ् दिदै आएका हौ तर सस्थाले यो पटकको महाधिबेशनमा संचारकर्मीहरुलाई सस्थापन पक्षले कुनैपनि सपोर्ट गरेन,बद्री पन्गेनिकै नेतृत्वमा सबै भन्दा धेरै संचारकर्मीकै सपोर्ट रहयो तर सोहि नेतृत्वले हामीलाई चिनेन।'

गौतमले बन्द सत्रमा पनि आफ्नो आक्रोश प्रस्तुत गरेका थिए।पंगेनीले आफ्नो कार्यकालको उपलब्धि र सस्थाको योगदानको बिषयमा बोलेर सस्थाबाट बिदा लिदै गर्दा चन्द्रमणिले आफ्नो आक्रोश व्यक्त गरेका थिए।लोक संचारकर्मी नेपाल नामक सस्थाले दोहोरी प्रतिष्ठानको हरेक पटक प्रचार प्रसार गर्दै आउदा पनि सस्थाले थोरै सहानुभूति समेत देखाउन सकेन भन्दै चन्द्रमणि गौतम आक्रोश भएका थिए।कुनै समय रेडियोमा गीत बजाएर टेलिभिजनमा प्रोमो बजाएर चर्चामा आएका तिनै कलाकारले रेडियो टेलिभिजनको महत्व भुलेको र आफ्नै सामाजिक संजाल (फेसबुक)सुचनाको पहिलो सारथी मानेर हामीलाई पछाडी हटाएको भन्दै गौतमले यस्तै भए सस्थालाई सहयोग नगर्ने जिकिर गरे।पंगेनी नेतृत्व हुदै गर्दा गौतमले २ पटक सम्म सस्थालाई सहयोग समेत गरेका छन।भवन निर्माण देखि दोहोरी प्रतियोगिता सम्मम सस्थालाई सहयोग गरेको उनको भनाई छ।

सस्थाको कार्यक्रमको लागि समाचार सम्प्रेसन गर्न पुगेका मिडियालाई सस्थाले कुनै चासो दिएन भने कुनै खबर समेत पठाएन।राष्ट्रिय मिडियाहरुले पनि उक्त बिषयमा चिन्ता ब्यक्त गरेका छन।यति ठुलो महाधिबेशन हुदा समेत आफ्नो संचार सस्थामा कुनै सूचना नआएको र सस्थाले संचारलाई हेर्ने दृष्टिकोण राम्रो न भएको भनाई आएको छ।राजधानी देखि धेरै मिडियाहरु सस्थाको कार्यक्रममा आफ्नै खर्चमा पुगेका थिए भने बस्ने ठाउँ समेतको कुनै सुबिधा समेत नमिलेको उक्त स्थानमा पुगेका संचारकर्मीहरुको भनाई छ।सस्थाले यस बिषयमा अहिले सम्म कुनै धारणा बाहिर ल्याएको छैन।