Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

गायिका गीता भट्टराइको नया गीत 'चन्द्रागिरी घुम्न जादा'आउदै

गायिका गीता भट्टराइको नया गीत 'चन्द्रागिरी घुम्न जादा'आउदै

कमल सरगम-काठमान्डौ:पछिल्लो समय नेपाली सुगम तथा आइटम गीतहरुमा आवाज दिदै आएकी गायिका गीता भट्टराइको अर्को उत्कृष्ट गीत 'चन्द्रागिरी घुम्न जादा'अहिले साढे ५ बजे सार्बजनिक हुने भएको छ।हाइलाइटस नेपालको युटुब मार्फत आउने उक्त गीतमा गीता भट्टराइको एकल आवाज छ भने शब्द बाल कृष्ण सजिबको रहेको छ।

गीताले यस अगाडी आवाज दिएको 'ए ठुली'४५ लाख भन्दा बढी दर्शकले हेरेका छन।उनको सो गीत सर्बाधिक रुचाए संगै अर्को गीतलाई उनले बजारमा ल्याएकी हुन्।गीतमा गीताको आफ्नै लगानी छ भने चन्द्रागिरी हिल्सले पनि गीतालाई सहकार्यमा साथ् दिएको छ।गीतमा करिश्मा ढकाल र बिक्रम चौहानको अभिनय रहेको पाइन्छ भने निर्देशन पनि बिक्रम चौहानकै रहेको छ।मिलन बिश्वकर्माले सम्पादन गरेको भिडियो निकै उत्कृष्ट बनेको गीता बताउछिन।

भिडियो प्रतीक्षा गर्नुहोला