भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमा समेटिएको भन्दै दाबी गरिरहेको बेलो मालति डिजिटलको प्रस्तुतिमा गायक राम गोपालिको कालापानी,लिपुलेको लिम्पियाधुरा,सुस्ता सिमाको गीत सार्वजनिक भएको छ ।
गीतमा गुमेका भाग हरु हामि आफ्mैले ल्याउनु पर्छ । आफ्नो देश को स्वाभिमान सबै नेपालि मिलेर बचाउ सहिदले दिएको बलिदान लाई हामिले कर्तव्यको रुपमा लिनुपर्छ जस्ता शब्दहरु समेटिएको छ ।
गीतको शब्द सिर्जना अमर लामिछाने ले गरेका छन । गायक तथा सर्जक बिनोद बाबु के सी को लय सिर्जनामा रहेको गीतमा गायिका देबि बस्नेत र गायक राम गोपालिको स्वर रहेको छ भने रामु खड्का, बिनोद बाबु के सी,,राजेन्द्र बाजुराली,निर्मला बस्नेत र बिष्णु सुनुवारको छिपेर साथ दिएका छ्न।
काजिश श्रेष्ठको निर्देशनमा गीतको म्युजिक भिडियोमा चर्चित हास्य कलाकार सुरबिर पण्डित (दारीबा),यादब देबकोटा (सरापे),चर्चित मोडल बिमल अधिकारी,साया भण्डारी लगाएत दर्जनौ कलाकारको अभिनय रहेको छ ।
गीत मालति डिजिटलको युटुब च्यानल बाट सार्वजानिक भएको छ ।
हेर्नुहाेस भिडियाे