काठमाडौं- चर्चित गायक थानेश्वर गौतमको नयाँ गीत बजारमा लोकप्रिय बन्दै गएको छ । गएको साता सार्वजनिक भएको गायक थानेश्वर गौतमको 'सिन्की मस्यौरा' बोलको गीतको भिडियो दर्शकले रुचाएका छन् । यस गीतमा दुर्गा पौडेलको शव्द रहेको छ भने संगीत गायक थानेश्वर गौतमकै रहेको छ ।
हरि केसीको परिकल्पनामा तयार भएको यस गीतमा उदयराज पौडेलले एरेन्ज र किशोर थापाले मिक्सीङ गरेका छन् । यस गीतको भिडियोमा गायक गौतमसहित किशोर भण्डारी, रेश्मा तिमिल्सीना,गरिमा तिमिल्सीना, कुमार न्यौपाने र राधाकृष्ण सापकोटा लगायतका कलाकारको असभिनय रहेको छ । यस गीतको भिडियोलाई किशोर भण्डारीले निर्देशन गरेका छन् । हेरौ भिडियो :
https://youtu.be/wiWFvjMUoz0