ज्ञानु सङ्गम खड्का/नेपालगन्ज- बहुचर्चित लोक तथा दोहोरी गायक तेजश रेग्मीको पछिल्लो नयाँ गीत “छोटो कपाल” अहिले युटुबको ट्रेन्डिङमा रहेको छ।
‘इनाक्षी इन्टरटेनमेन्ट’ नामक युटुब च्यानलबाट दुई अघि मात्र सार्वजनिक गरिएको उक्त गीत यो समाचार तयार पार्दा सम्म युटुबको ट्रेन्डिङ नम्बर १० मा आइपुगेको छ। गीतलाई सकारात्मक प्रतिक्रिया मिलेको छ।
भगेरी चरी, पिँडालु जस्ता थुप्रै चर्चित गीतहरु दर्शक स्रोतासामु प्रस्तुत गरिसकेका गायक रेग्मीको नयाँ गीत “छोटो कपाल”मा लय,शब्द तथा स्वर तेजशकै रहेको छ। उनलाई गायिकामा बहुचर्चित गायिका विष्णु माझीले साथ दिएकी छिन।
हरेक गीतहरुमा दर्शक स्रोतालाई फरकपनको संवाद दिन रुचाउने तेजशले नयाँपन दिने उदेश्यले “छोटो कपाल” बजारमा ल्याएका हुन।