Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

काउली बुढी संग ब्याटल खेल्न जेरी र शंकर मैदानमा(हेर्नुहोस कमेडी)

काउली बुढी संग ब्याटल खेल्न जेरी र शंकर मैदानमा(हेर्नुहोस कमेडी)

काठमाडौं - चर्चित गायक शंकर क्षेत्रीको ब्याटल गीत बजारमा आएको छ । गएको शुक्रबार युटुयुबमा सार्वजनिक गरिएको गफ गफ बोलको ब्याटल गीतमा गायक शंकर क्षेत्री र गायिका सन्ध्या बुढा (काउली बुढी)को स्वर रहेको छ । यस ब्याटल गीत निकै कमेडी र रमाइलो रहको छ । अहिले यो ब्याटल गीत युट्युबको टे्रन्डीङमा परेको छ । रमाइलो शैलीमा बनेको यस ब्याटल गीतमा शंकर क्षेत्रीकै शब्द र संगित रहेको छ ।

त्यस्तै गीतको भिडियोमा काउली बुढी, शंकर क्षेत्री, बबिता बानिया र जुकुरी टिम देखिएको छ । यस भिडियोलाई शंकर क्षेत्रीको निर्देशन र नबिन घर्तीमगरको सम्पादन रहेको छ । यस ब्यटल गीतलाई दर्शकले निकै रुचाएका छन् । यो समाचार तयार पार्दा सम्म यस ब्याटल गीतलाई ९६ हजार पटक हेरिसकिएको छ ।