अमेरिकामा रहेका लोक गायक बिमल डाँगीलाइ पुत्री लाभ भएको छ।जेठी छोरी प्रान्जली र छोरा प्रबिसको बाबा बनिसकेका डाँगीको अर्को सन्तानको रुपमा छोरी जन्मिएकि छिन।केहि समय अगाडी बिमल डाँगी अमेरिका प्रस्तान भएका थिए।उनले गाएको धेरै गीतहरु नेपाली लोकदोहोरी क्षेत्रमा चर्चित भाकाको रुपमा छ।
पानसमा बत्ती बालेको गीतबाट एकाएक लोकप्रियताको शिखरमा पुगेका डाँगीकि श्रीमती सरिता पनि एक लोक गायिका हुन्।प्रेम बिबाह पछि दुवै अमेरिका प्रस्तान भए।अमेरिका बसेपनि दोहोरीलाई निरन्तरता दिने जोडीको लागि यो फेरी अर्को सौभाग्य मिलेको छ।डाँगी परिवारलाई लालीगुराँस डटकमको तर्फबाट हार्दिक बधाई छ।