Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

“सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजनाअन्तर्गत पाटनकी सुनिताले पाइन् हिराको हार

“सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजनाअन्तर्गत पाटनकी सुनिताले पाइन् हिराको हार

काठमाडौं : सनफ्लो सनफ्लावर तेल “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजनाअन्तर्गत तेस्रो लक्की ड्र कार्यक्रमअन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरुलाई हिराको हार तथा अन्य उपहारहरु हस्तान्तरण गरिएको छ ।

तेस्रो लक्की ड्र अन्तर्गत पाटन निवासी सुनिता लामालाई हिराको नेकलेस हस्तान्तरण गरिएको छ । पेप्सीकोला निवासी सृजना कार्कीले हिराको लकेट प्राप्त गरेकी छन् । पाल्पाका कमल नेपालले हिराको लकेट जितेका छन् । त्यसैगरी राजविराज निवासी अबिनाश यादव र नारायणघाट निवासी राजन गुरुङले हिराको टप जितेका छन् ।

सनफ्लो सनफ्लावर तेल हिराको हार उपहार योजनाको तेस्रो लक्की ड्र विजेताहरुको नाम मंसिर ३० गते इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी विजेताहरुको नाम घोषणा गरिएको थियो ।

के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु रहने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ ।

लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् ।