नेपालि लोकदोहोरि गितको बजार दिनहुँ ओरालो लागिरहेको बेला लोकदोहोरि गित,गायक तथा सर्जक हरु भने दिनहुँ बढिरहेका छन।यसै क्रममा पछिल्लो समय अर्को लोकदोहोरि गित बजारमा सार्वजनिक गरिएको छ”जाले रुमाल”।
प्रदेशमा रहेर लामो समयदेखि निरन्तर रुपमा गितसंगितलाई समय दिईरहेका गायक तथा सर्जक प्रेम सापकोटा “सोनु”को लय तथा शब्द श्रृजनामा रहेको जाले रुमाल बोलको गितमा गायक स्वयं प्रेम सापकोटा सोनु र नवगायिका शान्ता सुनारको आवाज रहेको छ।
बिशेषगरि युवा वर्गलाई लक्षित गरेर बनाईएको गितमा पछिल्लो समयमा युवामनका ढुकढुकि चर्चित गायक तथा मोडल रामजि खाँड तथा लोकप्रिय डिम्पलवालि मोडल करिश्मा ढकालको आकर्षक नृत्य संगै अभिनय देख्न सकिन्छ।
शुरेश श्रेष्ठले क्यामेरा,सन्तोष महराले ड्रोन चलाएको यस गितलाई पछिल्लो समयका व्यस्त सम्पादक प्रकाश धमलाले सम्पादनमा हात चलाएका छन।
यो सबै कुशल निर्देशन भने चर्चित निर्देशक स्मृति तिमिल्सिना”गुरुआमाले दिएकि हुन।गितलाई प्रेम सापकोटा”सोनु” युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।