राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अब आफ्नै भवनमा नया कलाकार जन्माउने हेतुले प्रशिक्षण कार्यक्रम सुरु गर्ने भएको छ।फाल्गुन १ गतेबाट सुरु हुन लागेको उक्त गायन प्रशिक्षणको लागि आबेदन खुलेको छ।दोहोरी प्रतिष्ठानको भवन टोखामा बिहान र बेलुका समय अनुकुल मिलाएर प्रशिक्षण सुरु गरिने सस्थाका बर्तमान अध्यक्ष रमेश बिजिले लालीगुराँस डटकमलाइ जानकारी दिनुभयो।
रमेश बिजी सस्थाको अध्यक्ष भए संगै सुरु गरिन लागेको यो अर्को एक उत्कृष्ट कार्यक्रम हो।नेपालकै ख्यातिप्राप्त गायक गायिकाहरुबाट सिकाइने उक्त प्रशिक्षणमा फारमको लागि रु १ सय लाग्ने छ भने ६ महिने प्रशिक्षणको लागि प्रशिक्षण शुल्क रु ६ हजार लाग्ने सस्थाले जानकारी दिएको छ।दोहोरी गायनलाइ मात्र बढी लक्षित गरेर उक्त प्रशिक्षण तालिम सुरु गरिन लागेको बिजिले लालीगुराँसलाइ जानकारी दिएका हुन्।पछिल्लो समय देखिएको कलाकारहरुको सैलिमा केहि परिमार्जन गर्दै लोक सस्कृतिको बारेमा र पुरानो पुस्ताले सिकाएको सस्कृतिको बाटोलाइ लक्षित गर्दै उक्त प्रशिक्षण हुने बताईएको छ।फारम भर्नको लागि सम्पर्क गर्ने नम्बर समेत राखिएको छ ९८४८९५१९२५,९८५११०५६३१,९८५१०६५५३८ रहेको छ।
फारम नमुना यस्तो छ :

