Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

सुनिल थापाको डरलाग्दो अबतारमा प्रेम गीत ३ को अर्को पोष्टर बाहिरियो

सुनिल थापाको डरलाग्दो अबतारमा प्रेम गीत ३ को अर्को पोष्टर बाहिरियो

काठमाडौँ – मनाङमा छायांकनरत सिनेमा ‘प्रेमगीत ३’ युनिटले नयाँ पोस्टर सार्वजनिक गरेको छ । वर्षकै बहुप्रतिक्षित सिनेमाले यसपटक अभिनेता सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा कलाकार थापाको अवतार प्रभावशाली लाग्छ । भारी हिउँ परिरहेको बेलामा उनि कुनै पदयात्राको लागि निस्किएको पोस्टरले वर्णन गर्छ । एक पोस्टरमा उनले पौराणिक बाजा बजाइरहेका छन् । जसले दर्शकमा कौतुहलता पैदा गर्छ ।

निर्माण पक्षले थापाको भूमिका बारेमामा खुलाएको छैन । हल पुगेर सिनेमा हेर्दा उनको भूमिका दर्शकलाई सरप्राइज सावित हुने निर्माता तथा निर्देशक सन्तोष सेनको विश्वास छ ।

दर्शकको लागि राम्रो सिनेमा पस्किन आफुहरुले मनाङको माइनस डिग्रीको चिसोमा मिहेनतका साथ काम गरिरहेको सेनले जानकारी दिए ।

चैत २८ गते रिलिज हुने सिनेमाको प्रदीप खड्का, क्रिष्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, अनुभव रेग्मीलगायतका कलाकारको क्यारेक्टर पोस्टर सार्वजनिक भैसकेको छ । प्रचारको विन्दुमा दिनैपिच्छे सिनेमासँग सम्बन्धित भिडियो सामाग्री पनि सार्वजनिक गरिने सेनले बताए ।

सेनसँगै छेतेन गुरुङले निर्देशन गरिरहेको सिनेमामा सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम सम्हालिरहेका छन् ।