Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

बरिष्ठ लोकगायक तथा निर्देशक नारायण रायमाझीको ‘परदेशी २’मा प्रकाश सपूतका दाजुभाई,अन्जली होलिन नायिका?

बरिष्ठ लोकगायक तथा निर्देशक नारायण रायमाझीको ‘परदेशी २’मा प्रकाश सपूतका दाजुभाई,अन्जली होलिन नायिका?

काठमाडौं। ‘बोल माया’ र ‘गलबन्दी’ बोलको गीतबाट चर्चामा आएका गायक प्रकाश सपूतले फिल्ममा डेब्यू गर्ने भएका छन्।

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी’को सिक्वेल ‘परदेशी २’बाट प्रकाशले हिरोको रुपमा डेब्यू गर्ने भएका छन्। निर्देशक रायमाझीले कुरा गर्दै यो कुराको पुष्टि गरे।

उनका अनुसार अहिले कथाको काम सकेर कलाकारहरु अनुबन्ध गर्ने काम भईरहेको छ। फिल्ममा प्रकाशका भाई देवेन्द्र बब्लुको पनि अभिनय रहनेछ। उनीसँग पनि केही दिनअघि कागजी सम्झौता भईसकेको छ। देवेन्द्र गायक, सर्जक तथा थिएटर आर्टिस्ट हुन्।

निर्देशक रायमाझीले भने, ‘प्रकाश जी, बब्लुजीसँग सम्झौता गरिसकेका छौं। अन्य कलाकारहरु फाइनल भएको छैन्। केही दिनमा अफिसियल जानकारी दिनेछौं।’

रोजगारीको शिलशिलामा परदेश गएका युवाहरुको कथा निर्माण हुने फिल्मको छायांकन फागुनबाट सुरु हुनेछ। २०७२ सालमा प्रदर्शनमा आएको ‘परदेशी’ सुपरहिट भएको थियो। फिल्मको कथावस्तुलाई दर्शकले अत्याधिक रुचाएका थिए।

गायक प्रकाशमा बाल्यकालदेखि नै हिरो बन्ने सपना थियो। त्यही सपना बोकेर उनी काठमाडौं आएको विभिन्न अन्तर्वातामा बताउँदै आएका थिए। अबभने उनको त्यो सपना ‘परदेशी २’ बाट पूरा हुने भएको छ।