Shares
Shares
कमल सरगम -काठमान्डौ:केहि दिन अगाडी लोकदोहोरी गायिका प्रिती आलेको आइटम गीत 'भुत्रो मायाजाल'बजारमा आए संगै यसको चौतर्फी बिरोध हुन थालेको छ।लोकदोहोरी प्रतिष्ठान नेपालका महासचिव सुबास केसीको श्रीमती समेत रहेकी आलेले गाएको उक्त गीत निकै अश्लिल भएको र यसको निराकरण सस्थाले गर्न नसकेको भन्दै चौतर्फी बिरोध हुन थालेको छ।
यो बिषयमा भने सस्थाले आधिकारिक धारणा बाहिर ल्याएको छैन।सस्थाले उक्त बिषयलाई लिएर छलफल गरि आधिकारिक धारणा बाहिर ल्याउने बिशेष श्रोतबाट जानकारी आएको छ।सस्थाकै एक सदस्यले भने 'उक्त बिषयले सामाजिक संजालमा बिरोध उत्पन्न हुदै गर्दा सस्था चुप लागेर बसेको छैन,यो बिषय के हो कसरी टुंगोमा लाने सस्थाको बिशेष बैठकमा छलफल भैरहेको छ'।

सस्थाका अध्यक्ष रमेश बिजी संग उक्त बिषय संग बुझ्दा अहिले यही बिषयमा छलफल भैरहेको लालीगुराँस डटकमलाइ जानकारी दिनुभयो।आन्तरिक सेन्सरको काम सुचारु भै नसकेको र प्रकृयामा रहेको संगै यो गीत बजारमा आएपछि मात्रै प्रतिष्ठानले पनि सुनेको रमेश बिजिले जानकारी दिनु भयो।
सस्थाकै सदस्यहरुबाट बिरोध आउन थालेपछि सस्थागत पक्षलाइ दबाब बढेको छ।रमेश बिजी अध्यक्ष रहेको सस्थामा यस्तो सृजना आउनु गलत हो भन्दै केहि कलाकारहरुले आफ्नो सामाजिक संजालबाट छड्के प्रहार गरेका छन।केहि दिन अगाडी सस्थाको सदस्यहरुको गीतलाइ सेन्सर गरेर बजारमा पठाउने निर्णय बन्दै गरेको भनिरहदा यो निर्णय लागु गर्न नसकेको भन्दै तिलु शर्माले सामाजिक संजाल फेसबुकमा यस्तो लेख्छन :

श्रीमान् रमेश बिजी ज्यु
अध्यक्ष
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान
नेपाल ।
विषय- अन्यौलता हटाई दिने बारेमा ।
महोदय,
उपरोक्त सम्बन्धमा केही दिन पहिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले लोक तथा दोहोरी गीत फोहोरी हुन नदिन र नियन्त्रण गर्नको लागी सेन्सर बोर्डको स्थापना गर्ने घोषणा गरेको जग जाहेर छ । उक्त घोषणाले म लोक प्रेमी ३ बित्ता माथि उम्लेर स्टाटस लेखेको हुँ तर, घोषणाको मसी नसुक्दै प्रतिष्ठानकै महासचिवकी धर्मपत्नीले "भुत्रो माया जाल" भनेर गीत बजारमा ल्याउनु भएको छ । नेपाली शब्दकोश अनुसार भुत्रोको अर्थ योनाङ्गको रौँ जनाउदछ l
कस्ता गीत ल्याउने त्यो उहाँको अधिकारको कुरा रहला तर सॉगितीक फाँटलाई फोहोरी बनाउने अधिकार उहाँलाई पनि छैन । प्रतिष्ठानको घर भित्रै बाट असहयोग भएको हो कि भन्ने छनक सहित घोषणा आफैले लाज मानेर रातो पिरो बन्न बाध्य पार्दिदा घरमा साङ्ला नियन्त्रण गर्न नसक्नेले बाघ नियन्त्रण गर्ने हुँई दिए जस्तो देखिएन र ? त्यसैले म त्यो गीत र प्रतिष्ठानले गरेको घोषणाले गर्दा अन्योलमा परेको छु l म जस्तै अन्योलमा परेका शुभचिन्तकको अन्योलतालाइ के हो त् त्यो भन्ने प्रस्ट पारि हटाई दिन हुन पनि सविनय अनुरोध गर्दछु ।
अर्को कुरा विगतमा दुअर्थि गीत गाइन भनेर यौटि गायिकालाई माफी मगाउन हिडने बिद्दानहरु पनि तपाइकै कार्यसमितिमा अटाएकै छन् नि अध्यक्ष ज्यु । के तपाई लगायतले गीत सुन्नु/हेर्नु नै भएको छैन र भन्ने तपाईँ समक्ष जिज्ञासा पेस गर्दछु l
नेपाली गीत सङ्गीतलाई माया गर्ने नेपाली नागरिक
सस्थाका हालका मनोनित केन्द्रीय सदस्य समेत रहेका संगीतकर्मी तथा गीतकार सुबास रेग्मीले पनि व्यंग्यात्मक रुपमा आफ्नो सामाजिक संजालमा बिरोध प्रस्तुत गरेका छन उनले लेखेका छन

पर्यटन बर्ष 2020 लाई सफल बनाऊनको लागी संस्कृति र रितिरिवाज झल्कीनी भनेर गीत संङ्गीतमा सुको खर्च नगरे हुन्छ अब सरकारले ! पर्यटकहरूलाई तान्ने,आकर्षित गर्ने पर्याप्त श्रृजनाहरू हामी संग छन !
बजारमा भर्खरै आएको "भुत्रो मयाजाल" भन्नि गीत बजाएर नाचम र यो पर्यटन बर्ष लाई सफल पारौं !! असाध्यै राम्रो गीत,
गीतको पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछु र सम्बन्धित श्रस्टाज्यूहरूलाई प्रणाम गर्दछु !!! जय गीत जय संङ्गीत !!
एता एल पी ढकाल पनि आफ्नो सामाजिक संजालमा प्रिती आलेको गीतलाई बिरोध गर्दै छड्के रुपमा लेख्छन

"म संस्कृती संरक्षणको नाममा केन्द्रिय प्रतिष्ठान भित्र पस्छु तैले संस्कृतीको घज्जी उडाइ बुढी, मेरो खुबी छैन तेरै नामले बिक्ने हो ,म कुटेजस्तो गर्छु तं रोएजस्तो गर भुत्रो मयाजाल।"
सस्थाको पुर्व केन्द्रिय सदस्य बैकुण्ठ महतले पनि गीतको बिरोध गर्दै लेख्छन

"बलात्कारी त कम छैनन यो समाजमा, कसैले छोरी, चेली रोज्छन, कसैले संगीत संस्कृति.."।
एता प्रकाश ढकाल आफ्नो फेसबुकमा प्रिती आलेको बिरोध गर्दै लेख्छन :
केही दिन अगाडी प्रतिष्ठान का अध्यक्ष आदरणीय दाजु Ramesh Bg को समाचार पढ्या थिए निकै गौरव गरेको थिए अबका गीतहरु प्रतिष्ठानका सदस्यहरु ले या सेन्सर बोर्ड ले पास गरेसी मात्र बजारमा गीत ल्याउन पाईने भनेर तर अहिले ५ नम्बरको ट्रेडिङ्ग सम्म परेको प्रीती आलेको भुत्रो माँयाजाल भन्ने गीतमा अध्यक्ष लगाएत प्रतिष्ठानका ब्यक्तिहरुको नजर नपरेकै हो त ? र अर्को कुरा भुत्रो भन्ने शब्द निकै लाज लाग्दो शब्द हो ।
शाखा प्रतिष्ठानका पदाधिकारीले गैरजिम्मेवारी गीत निकाल्दा सेन्सर बोर्ड को या कार्येसमिती अन्धो , बैरो बन्छ र ??
जय लोक दोहोरी
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209